२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला साफ च्याम्पियनसीपः श्रीलंकालाई ६–० गोलले हराउँदै नेपाल सेमिफाइनलमा



file photo: anfa
अ+ अ-

काठमाडौँ । महिला साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताम नेपालले लगातार दोस्रो जीत हात परेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले श्रीलङ्कालाई ६–० गोलअन्तर पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत हात पारेको हो । यसअघि नेपालले भुटानलाई पराजित गरेको थियोे । यो जीतसँगै नेपाल सेमिफाइनलमा पुगेको छ ।

नेपालको जीतमा सरु लिम्बू, रश्मीकुमारी घिसिङ, अमृता जैसी र दिपा शाही एक/एक गोल गरे भने अमिशा कार्कीले दुई गोल गरिन् । सरुले खेलको १० मिनेटमा गोल गरिन् भने रश्मीले खेलको ११ मिनेटमा गोल गरिन् ।

अमृताले खेलको १७ मिनेटमा गोल गर्दा दिपाले खेलको पहिलो हाफको अतिरिक्त समयमा गोल गरिन् । नेपालकी अर्की खेलाडी अमिशाले खेलको ७६ मिनेट र दोस्रो हाफको अतिरिक्त समयमा गोल गरिन् ।