४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

नेप्से परिसूचक १३.५४ अंकले गिरावट

नेप्से परिसूचक १३.५४ अंकले गिरावट
अ+ अ-

काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमवार पनि नेप्से परिसूचक ओरालो लागेको छ ।

सोमवार नेप्से सूचक १३.५४ अंकले घटेर १९१२.७४ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स यस दिन २.३९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६९ अंक घटेको छ ।

सोमवार कारोबारमा आएका २२५ कम्पनीको २६ लाख १३ हजार ४५० कित्ता शेयर ८३ करोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आईतवारको तुलनामा कारोबार रकम भने बढेको छ । आईतवार कारोबारमा ७४ करोड ७२ लाख २६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूह मध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचकबाहेक सबै उपसमूहको परिसूचक घटेको छ । जसमा म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२२ प्रतिशतले बढेको छ । त्यस्तै,अन्य, हाइड्रोपावर र फाइनान्स उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेका छन् ।

नेप्से घटेपनि सोमवार युनाइटेड इडि मार्दीको शेयरमूल्य ४.१७ प्रतिशतले बढेको छ । यता सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५.८७ प्रतिशतले घटेको छ ।

नविल बैंकको सबैभन्दा धेरै ४ करोड ७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।