२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ जनकंग्रेसका अध्यक्ष लीको ४ दिने नेपाल भ्रमण कार्यक्रम यस्तो छ



अ+ अ-

काठमाडौँ । चिनियाँ राष्ट्रिय जनकांग्रेसका अध्यक्ष ली झान्सु सोमबार काठमाडौँ आउँदै हुनुहुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनुहुने झान्सुका भ्रमणमा नेपाल र चीनबीच संसदीय तहमा सहकार्य गर्ने सहमति भएको बताइएको छ ।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि अध्यक्ष झान्सु सोल्टी होटल गएर बस्नुहुनेछ । सोही दिन सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गर्न उहाँ सोल्टी होटलबाट नयाँ बानेश्वर संसद् भवनमा आउनुहुनेछ । सो भेटवार्तामा सबै दलका प्रमुख सचेतक र सचेतक तथा नेपाल–चीनमैत्री संसदीय समूहको टोलीका सदस्य पनि हुनेछ ।

सोमबार नै सभामुख सापकोटाले आयोजना गर्नुहुने रात्रिभोजमा अध्यक्ष झान्सु सहभागी भई पुनः सोल्टी होटल फर्कनुहुनेछ ।

मंगलबार बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेनासँग भेटवार्ता गर्ने कार्यक्रम छ।

त्यसपछि झान्सुले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग र त्यसपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुहुनेछ ।

नयाँ बानेश्वरबाट सोल्टी होटल पुग्ने र त्यहाँ परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गर्नुहुनेछ । दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटका लागि बालुवाटार पुग्ने कार्यक्रम छ ।

बुधबार दिउँसो उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । बिहीबार स्वदेश फर्कने कार्यक्रम छ ।