२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्य प्रशिक्षक अलमुताइरीले दिए राजीनामा



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गर्नुभएको छ ।

अल्मुताइरीले आईतवार सामाजिक सञ्जाल फेसबुकबाट नेपाली राष्ट्रिय फुटबल टिमसँगको यात्रा टुंगिएको घोषणा गर्नुभएको हो । अखिल नेपाल फुटबल संघका प्रवक्ता सुरेश शाहले महासचिवलाई राजीनामा पठाएको जानकारी दिनुभयो ।

उहाँले राजीनामामा एन्फासँग भएको सम्झौता भंग गरेको उल्लेख गरेको शाहले जानकारी दिनुभयो । मुख्य प्रशिक्षक अल्मुताइरीले आफ्नो सामाजिक सञ्जालमा नेपाली टिमसँगको आफ्नो ५२५ दिनको यात्रा टुंगिएको बताउनु भयो ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘नेपाली फुटबलको सेवाको ५ सय २५ दिनपछि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक पदमा आफ्नो कार्यकाल समाप्त भएको घोषणा गर्दछु, खुशी, माया, दुःख र पीडाको यो यात्रामा मलाई साथ दिनुहुने सबैलाई धन्यवाद छ ।’ एन्फाले वि.सं २०७७ साल चैत २२ गते कतार एफएको सहयोगमा कुवेतका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अल्मुताइरीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

अल्मुताइरीको नेतृत्वमा नेपालले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेलेको थियो भने गत असोजमा माल्दिभ्समा भएको साफको फाइनलमा नेपाल भारतसँग पराजित हुँदा उपाधिबाट वञ्चित बनेको थियो । अल्मुताइरीको नेतृत्वमा नेपालले एएफसी एशियन कप छनोटको दोस्रो चरण खेलेको थियो ।

अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै गत वैशाख १३ गते प्रशिक्षणमा रहेका १० खेलाडीले बन्द प्रशिक्षण छाडेपछि अल्मुताइरी विवादमा तानिनुभएको थियो । अल्मुताइरीको प्रशिक्षणमा नेपालले १९ अन्तर्राष्ट्रिय खेल खेलेको छ ।

जसमध्ये पाँच खेलमा जित निकालेको नेपालले दुई खेलमा बराबर र १२ खेलमा हार व्यहोरेको छ ।