९ भाद्र २०८३, मंगलवार
,
Latest
१७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित सूचना प्रविधि क्षेत्र लगानी बढाउनुहोस्, सरकार साथमा छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले युवाको उत्साह, अनुभव र विधिको शासन विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल पिकलबल विश्वकप: नेपाली टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली खाऔं नेपाली लगाऔं अभियान चलाउनुपर्छः पवन गोल्यान



अ+ अ-

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले कृषिजन्य वस्तु उत्पादन गरेर निर्यात गर्ने युवाहरुलाई बैंकमार्फत सहुलियतपूर्ण कर्जा दिने प्रतिवद्धता जनाउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशिलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै अध्यक्ष गोल्यानले यस्तो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले नेपाली कृषिजन्य उत्पादनहरु भारतले नेपालबाट आयात गरेर आफ्नो ब्राण्ड बनाएर खाडी मुलुकमा निर्यात गर्ने गरेको भन्दै नेपाल आफैँले ब्राण्ड बनाएर खाडी मुलुकमा निर्यात गर्न सक्नुपर्ने बताउनु भयो ।

अध्यक्ष गोल्यानले भारतले नेपाली अलैँची ७ सयमा नेपालबाट आयात गरेर खाडी मुलुकहरुमा भारु १७ सय रुपैयाँमा निर्यात गर्ने गरेको बताउनु भयो । उहाँले नेपाली युवाहरुले नेपाली उत्पादनलाई प्याकिङ गरेर विदेशी निर्यात गर्ने सोचमा भए सिविफिनले आर्थिक सहयोग गर्नसक्ने बताउनु भयो । अध्यक्ष गोल्यानले युवाहरु भविष्य नभएर वर्तमान भएकाले नेपाललाई परिर्वतन गर्न युवाले सक्रिय भुमिका खेल्नुपर्ने बताउनु भयो । उहाँले युवाले प्रयोग गर्ने हरेक वस्तुमा नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताउनु भयो ।

अध्यक्ष गोल्यानले हरेक नेपालीले स्थानीय उत्पादनलाई पहिलो प्राथमिकतामा राख्नसके तरकारीमा नेपाल तीन महिनामा आत्मनिर्भर बन्नसक्ने दाबी गर्नुभयो । उहाँले सरकार तरकारी तथा फलफूलमा आत्मनिर्भर बन्नेगरी नीतिगत काम गर्न भने नसकेको गुनासो गर्नुभयो । अध्यक्ष गोल्यानले नेपाली भएर नेपाली खान र लगाउन सक्यो भने नेपाली उद्योग र किसानलाई राहत हुने बताउनु भयो । उहाँले नेपालमा अहिले ४ खर्बको कृषिजन्य वस्तुहरुको आयात भइरहेको भन्दै नेपालमा २ खर्बको नेपाल भित्र कृषिजन्य वस्तु उत्पादन गर्न समस्या नरहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘नेपाललाई परिर्वतन गर्ने कसैले होइन युवाले हो । युवा भविष्य होइन वर्तमान हुन । युवाहरुले सबै भन्दा पहिला सोचमा परिर्वतन ल्याऔं । हामीले बजारमा सामान किन्न जाँदा नेपाली उत्पादनलाई किन्यौं । सबैभन्दा पहिला आफ्नो पालिकाको उत्पादनलाई प्राथमिकता दिनुस् । त्यसपछि जिल्लाको उत्पादनलाई प्राथमिकता दिनुस् । जबसम्म नेपालमा उत्पादन भएको वस्तुलाई प्राथमिकता दिँदैनौं । तबसम्म आत्मनिर्भर बन्न सक्दैनौं । नेपाल ३ महिनामा तरकारीमा आत्मनिर्भर बन्नसक्छ । तर तरकारीमा आत्मनिर्भर हुनको लागि सरकारले जति गर्नुपर्ने हो त्यति गर्न सकेको छैन । सरकारले गर्न सकेको छैन । अब युवाहरु आफै लाग्नुप¥यो । हामी विदेशी तरकारी किन्दैनौं । विदेशी फलफूल खादैनौं । विदेशी लुगा लगाउँदैनौं ।’

‘यसरी नेपाली भएर नेपाली खान र लगाउन सक्यो भने नेपालमा उद्योग र किसानलाई राहत हुन्छ । नेपालमा नै रोजगारी पाइन्छ । अहिले ४ खर्बको कृषिजन्य वस्तुहरुको आयात गरिरहेका र्छौं । २ खर्बको नेपाली भित्र उत्पादन गर्न कुनै ठूलो कुरा छैन । अलौची ७ सय रुपैयाँमा भारतमा निर्यात गर्छौं । भारतले १७ सय रुपैयाँ भारुमा खाडी मुलुकहरुमा बिक्री हुन्छ । नेपाली अलौची प्याकिङ गरेर खाडी मुलुकमा बेच्न सक्नुहुन्छ । त्यसको लागि आउनुस् । नेपाली कृषिजन्य उत्पादनलाई बाहिर निर्यात गर्ने व्यवसाय गर्नुहुन्छ भने बैंक तथा वित्तीय संस्था परिसंघ र वाणिज्य बैंकहरुले पैसाको कम गर्न दिँदैन । त्यसको लागि सहयोग गर्ने प्रयासमा छौं । अब नेपाली भएर नेपाली लगाऔं नेपाली खाऔं ।’

अध्यक्ष गोल्यानले नेपाल कृषिजन्य उत्पादनमा आत्मनिर्भर हुनको लागि हरेक नेपालीले नेपाली उत्पादनलाई प्राथमिकता दिएर नेपाली उत्पादन लगाउन र खान आवश्यक रहेको बताउनु भयो । उहाँले अब सबै नेपालीले नेपाली लगाऔं नेपाली खाऔं अभियान चलाउनुपर्ने बताउनु भयो ।