२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कपन–बुढानिलकण्ठ डुवान नियन्त्रणको लागि सरकारले छुट्टै आयोजना बनाएर काम गर्ने: मन्त्री चौधारी



अ+ अ-

काठमाडौँ । शहरी विकासमन्त्री मेटमणी चौधारीले धोबि खोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुवान नियन्त्रणको लागि सरकारले छुट्टै आयोजना बनाएर काम गर्ने बताउनुभएको छ ।

आईतवार प्रश्तावित धोबिखोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुवान नियन्त्रण आयोजना सम्बन्धित अन्तरक्रियालाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो बताउनुभएको हो । उहाँले सरकारले धोबिखोला कोरिडोर निर्माणको लागि अब बस्ने मन्त्रीपरिषद्ले छुट्टै आयोजना बनाउने प्रश्ताव पास गर्ने बताउनु भयो ।

मन्त्री चौधरीले कोरिडोर निर्माणमा सरकारले जनताहरु त्यहाँबाट बिस्थापित हुनु नपर्ने गरी बनाउने प्रतिवद्धता जनाउनु भयो । उहाँले धोबि खोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुवान नियन्त्रणको विषयमा संसद गगनकुमार थापाले विषेश पहल गर्नुपर्ने बताउनु भयो ।

मन्त्री चौधरीले संसद थापाको पहललाई शहरी मन्त्रालयले शतप्रतिशत भन्दा बढी सहयोग गर्न तयार रहेको बताउनु भयो । उहाँले भन्नुभयो,‘ धोबिखोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुवान नियन्त्रणको विषयमा संसद गगनकुमार थापाले विषेश पहल गर्नुपर्छ । उहाँको निर्वाचन क्षेत्र पनि हो । उहाँलाई निर्वाचनमा भोट हालेका जनता पनि हुन । गगनकुमार थापालाई मन्त्रालयले १०० प्रतिशत भन्दा माथि सहयोग गर्न तयार छ । यो कोरिडोलाई फरक आयोजना बनाएर अगाडि बढाउने तयारीमा छौं । कोरिडोर क्षेत्रमा अनुगमन गरेर त्यहाँका स्थानीय जनताहरुको माग अनुसार समस्याको समाधान गर्न सकिन्छ । अब बस्ने मन्त्रीपरिषद्को बैठकमा छुटै आयोजना बनाएर कोरिडोर बनाउने प्रश्ताव पास हुन्छ । कोरिडोरलाई विवादित बनाउने भन्दापनि समस्या समाधान गर्ने मात्रै कुरा गरौं । जनतालाई पीडा दिने खालका विषयमा छलफल गर्नुहुन्न । यस्ता छलफल जनतालाई दिने खालको नगर्न हुँदैन ।’

मन्त्री चौधरीले कोरिडोरको विषयमा आफूले कोरिडोर क्षेत्रमा अनुगमन गरेर त्यहाँका स्थानीय जनताहरुको माग अनुसार समस्याको समाधान गर्ने बताउनु भयो । उहाँले कोरिडोरलाई विवादित बनाउने भन्दापनि समस्या समाधान गर्न मात्रै छलफल गर्नुपर्ने भन्दै जनतालाई पीडा दिने खालका विषयमा छलफल गर्नु नहुने बताउनु भयो ।