• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

प्रधानसेनापतिको एकवर्षे कार्यकालको समीक्षा



काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको छ ।

पदबहालीको एक वर्ष पूरा भएका अवसरमा आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित समारोहमा उहाँले सकल दर्जालाई राष्ट्रियहितको संरक्षण तथा प्रवद्र्धन गर्न सदैव तयारी अवस्थामा रहन निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “हाल विकसित अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा वातावरणको सुक्ष्म अध्ययन र विश्लेषण गर्दै सेनालाई प्राप्त संवैधानिक जिम्मेवारीलाई उत्कृष्ट ढङ्गबाट पूरा गरिनेछ ।”

भर्चुअल माध्यमद्वारा भएको उक्त सम्बोधन सेनाका सम्पूर्ण कमाण्ड, बाहिनी, गण, गुल्मसहित युनिटमा सुन्ने र हेर्ने व्यवस्था मिलाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कार्यकालको पहिलो वर्षका लागि निर्धारण गरिएका लक्ष्य र प्राप्त उपलब्धिको समीक्षा गर्दै प्रधानसेनापति शर्माले सङ्गठनका प्राथमिकताका क्षेत्र र आगामी कार्यदिशाबारे जानकारी गराउनुभयो ।

सबैको सामूहिक प्रयासबाट सेनाको सुदृढीकरण तथा सबलीकरण हुने भएकाले समयानुकूल व्यवसायीकरण हुँदै जाने बताउँदै उहाले नेपाली सेना सबै नेपालीको आशा, भरोसा र एकताको केन्द्रबिन्दु भएको उल्लेख गर्नुभयो ।

मुलुकमा उत्पन्न सङ्कट तथा विपद् व्यवस्थापनदेखि विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ तैनाथ फौजले प्रदर्शन गरेको निःस्वार्थ सेवाभाव र पेशागत व्यावसायिकताको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रशंसा भएको सो अवसरमा उल्लेख गरियो । नेपाली सेना मुलुकको प्रमुख सुरक्षा अङ्ग हो ।

सेनाको मूल्यमान्यताको सम्वद्र्धन र प्रवद्र्धन गर्दै सकल दर्जाले फलामे अनुशासन, पारदर्शिता र सैनिक चरित्र कायम राख्दै आआफ्नो दायित्व पूरा गर्न पनि सेनापतिले निर्देशन दिनुभएको प्रवक्ता नारायण सिल्वालले बताउनुभयो ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न मतपत्र छपाइ सुरक्षा, विकट र संवेदनशील क्षेत्रमा मतपत्र ढुवानीसहित मतदानस्थलको बाहिरी सुरक्षामा सेनाको व्यावसायिकताको उदाहरण प्रस्तुत गर्न पनि उहाँले निर्देशन दिनुभयो ।

सेनाको व्यवस्थापनमा राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग आयोजना अघि बढिरहेको छ । सो अवसरमा प्रधानसेनापति शर्माले सेनाको कफी टेबल बुक र ‘लिडर रिडिङ कलेक्सन’को विमोचनका साथै उत्कृष्ट लेखकका स्रष्टालाई पुरस्कार प्रदान गर्नुभयो ।