३० जेष्ठ २०८३, शनिबार
,
Latest
जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका कार्य प्रभावित ‘भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित, होटल र पर्यटकीय स्थलहरू भरिभराउ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिवाहका लागि आवश्यक सेवा सहितको एप सार्वजनिक,दुई संस्था बिच कार्यगत साझेदारीमा हस्ताक्षर



अ+ अ-

काठमाडौं । बैवाहिक समारोहमा आवश्यक पर्ने सेवा तथा सुबिधाहरु एउटै प्लेटफर्म उपलब्ध गराउन दुई संस्था बिच समझदारीपत्रमा हस्ताक्षर भएको छ । बिहिबार काठमाडौमा आयोजित एक कार्यक्रममा वेलकम इभेन्ट म्यानेजमेन्ट र बिहे नेपाल भीआईपी क्लब बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

त्रिपुरेश्वर स्थित वर्ल्ड ट्रेड सेन्टरको कर्मा लाउन्जमा आयोजित कार्यक्रममा नेपाल विज्ञापन संघ (आन) का पूर्व अध्यक्ष तथा एड गुरु निर्मल राज पौडेल ज्यूले भीआईपी क्लब को भिडियो उद्घाटन गर्नुभयो। उक्त अवसरमा बिहे नेपालको तर्फ बाट निर्देशक श्रद्धा कटुवाल र वेलकम इभेन्ट को तर्फ बाट रिजा पौडेलले हस्ताक्षर गर्नुभयो ।

कार्यक्रममा बिहेनेपाल भीआईपी क्लबको बारेमा संस्थाकी सञ्चालक श्रीया कटुवालले जानकारी दिनुभयो। श्रद्धा र श्रीया (दुई ईञ्जिनिएर दिदि बहिनि) मिलेर सम्भवत नेपालमा पहिलो म्याट्रोमोनियल एप तयार गर्नुभएको हो।

बिहे नेपाल एपमा नयाँ प्रिमियम सुविधाहरूको प्रयोग मार्फत आफ्नो जीवनसाथीलाई खोज्ने यात्रालाई थप रमाइलो बनाउन अपग्रेड गरिएको छ। रावा सफ्टवेरद्वारा २४ फेब्रुअरी, २०२२ मा लन्च गरिएको बिहे नेपाल एपको प्रयोग मार्फत विश्वभरका अविवाहित नेपालीहरू अहिले आफ्नो उत्तम जोडीको खोजीमा छन्। प्रयोगकर्ताको उच्च साथ र सहयोगले बिहे नेपालको यात्रालाई निरन्तरता दिन प्रेरणा मिलेको छ। हामी नयाँ एपको लेआउट, भीआईपी क्लब, एवम् एप मार्फत इभेन्ट बुकिंग र बिहे नेपाल ब्ल्याक कार्ड जस्ता नयाँ सुविधाहरू सहित, घोषणा गर्न पाउँदा एकदम उत्साहित छौं।

हाम्रा प्रयोगकर्ताहरूद्वारा अत्याधिक माग गरिएको बिहेनेपाल भिआईपी क्लब अन्ततः तपाईंहरू समक्ष आइसकेको छ। यस क्लबमा प्रयोगकर्ताहरूले तोकिएको सदस्यता शुल्क बुझाई आवद्ध हुन चाहनेले अनिवार्य रुपमा आफ्नो पृष्ठभूमि प्रमाणीकरण (आईडी, शिक्षा र योग्यता कागजात जाँच) गरेर अन्य भिआईपी क्लब सदस्यहरूसँग मिल्दो नेटवर्कमा रहेर आफ्नो जीवनसाथी भेटाउन सक्नेछन। भिआईपी सदस्यहरूले भिआईपी लगायत स्टाण्डर्ड सदस्यहरुको पनि प्रोफाईल हेर्न, साथी बन्न, कुराकानी र अनलाईन भेट्घाट समेत गर्न पाउने छन्।

बिहे नेपाल प्रा।लि। तथा वेल्कम इभेन्ट म्यानेज्मेन्ट बीच सेप्टेम्बर ८ मा सम्झौता पत्रमा हस्ताक्षर भए पस्चात प्रयोगकर्ताहरूले बिहे नेपाल एपद्वारा नेपालको एक भरपर्दो र पूर्ण विकसित कार्यक्रम योजना र समन्वय गर्दै आएको वेलकम इभेन्ट म्यानेजमेन्टद्वारा मेहेन्दी, हल्दी, संगीत कार्यक्रम र विवाह समारोह का लागि आवश्यक पर्ने क्याटेरिङ्ग, फोटो एवम् भिडियोग्राफी, डेस्टिनेशन वेडिङ्ग, तथा कुनै पनि प्रकारको कार्यक्रम बुक गर्न सक्नेछन।

बिहे नेपालले बिहे नेपाल ब्ल्याक कार्ड लन्च गरेको छ जसको प्रयोगले हामीसँग आवद्ध भएका कम्पनीहरुद्वारा बिहेको किनमेल, रेस्टुरेन्ट, सवारी साधन, स्वास्थ्य, सौन्दर्य र सैलुन, फोटोग्राफी र थप धेरै सेवाहरु लिएमा उपहार र छुट प्राप्त गर्न प्रयोग गर्न सकिन्छ।

सधैं झैं, बिहे नेपाल सुखी र स्वस्थ समाजको लागि स्वस्थ सम्बन्ध र मेलमिलाप प्रवर्द्धन गर्न टेवा पुर्याउने छ। सबै नेपालीलाई एकै ठाउँमा ल्याएर सहि मिलनको खोजीलाई सजिलो बनाउनुहोस् हामी निरन्तर प्रयासरत छौँ। हामी मुख्यत बिहेनेपाल प्लेटफर्मले दिईआएको निशुल्क सेवा निरन्तर जारी राख्दै हाम्रा प्रयोगकर्ताहरूको सामर्थ्य थप नयाँ प्रिमियम सुविधाहरू अनुभवमा थपिनेछन्।