१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार News Polar अडियो प्रकरणमा कृषिमन्त्री चौधरी : ‘व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन’ News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

सोमबार देशभरका हलहरु बन्द हुने

सोमबार देशभरका हलहरु बन्द हुने
अ अ+ अ-

काठमाडौं । नेपाल चलचित्र संघले सोमबार देशभरका सम्पूर्ण चलचित्र घरहरु बन्द गर्ने निर्णय गरेको छ ।

चलचित्र आयातमा बाधा उत्पन्न गरेको र स्वतन्त्र व्यवसायमाथि नियन्त्रण गर्न खाजेको भन्दै संघले हल बन्द गर्ने निर्णय गरेको प्रेस विज्ञप्तिमार्फत आज जानकारी सार्वजनिक गरेको हो ।

तथा संघको मानमर्दन हुने खालका अभिव्यक्ति र व्यवहार गरेकाले भन्दै संघले हल बन्द गर्ने निर्णय गरेको प्रेस विज्ञप्तिमार्फत आज जानकारी सार्वजनिक गरेको हो ।

संघका महासचिव नरेन्द्र महर्जनले सरकारले आफ्ना माग पूरा नगरेको र संघको मानमर्दन हुने खालका अभिव्यक्ति र व्यवहार गरेकाले विरोधस्वरूप सोमबार एक दिन सिनेमा हल बन्द गर्ने निर्णय गरेको जानकारी दिए ।

यता सिंगल र मल्टिप्लेक्सहलहरूले भने शुक्रबार रिलिज हुने नेपाली चलचित्र ऐना झ्यालको पुतली र द गोर्खा ब्रेभरी का लागि शो उपलब्ध गराएका छैनन् । बिहीबार दिउँसोसम्म पनि सिनेमा हलहरूले शो उपलब्ध नगराएपछि निर्माता संघ र निर्देशक समाजले विज्ञप्ति जारी गरी आपत्ति जनाएका थिए ।