२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले तोड्यो ब्रोकर कार्टेलिङ, चुक्ता पूँजी बढाउने मन्त्रिपरिषद्को निर्णय



अ+ अ-

काठमाडौँ । सरकारले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ संसोधन गर्दै नयाँ ब्रोकर लाइसेन्स दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले ब्रोकर लाइसेन्सको चुक्ता पूँजी वृद्धि गर्दै नयाँ ब्रोकर लाइसेन्स दिने निर्णय गरेको हो । अर्थ मन्त्रालयले धितोपत्र बोर्डले गरेको नियमावली संसोधनलाई मन्त्रिपरिषद् बैठकमा पेस गरेको थियो । बैठकले सोही संसोधनअनुरुप चुक्ता पूँजी वृद्धि गरी ३ तहको ब्रोकर लाइसेन्स दिने प्रस्तावलाई पारित गरेको हो ।

संसोधित नियमावलीअनुसार सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्ता पूँजी रु १५ करोड, पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाको रु ५० करोड र धितोपत्र व्यापारीको कारोबार कम्पनी ब्रोकर कम्पनीको चुक्ता पूँजी रु एक अर्ब हुनेपर्ने छ ।

यसअघि रु दुई करोड चुक्ता पूँजीमा धितोपत्र दलालको काम गर्न पाइन्थ्यो । मन्त्रिपरिषद्ले गरेको पछिल्लो निर्णयले सीमित संख्याको ब्रोकरको अवस्था तोडिएको छ ।