२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको बैठकमा माधव नेपाल !



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा माधव नेपालको बहस चलेको छ । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष नेपालको बारेमा बैठकमा सभामुखलाई दबाब दिएर नेपाललाई २० प्रतिशत पुर्याउन नदिने खेल भएको चर्चा भएको हो । 

एक स्थायी कमिटी सदस्यका अनुसार नेकपा एमालेले सभामुखलाई धम्क्याएको भन्दै विरोध गर्ने कुरा भएको छ ।  

“माधवलाई २० प्रतिशत पुर्याउन नदिने काम गरिरहेको छ । सभामुखलाई आफ्ना सांसदलाई पदमुक्त गर्न भन्दै धम्काउने काम गरिरहेको छ । त्यसको विरोध गर्ने कुरा भएको छ,” ती सदस्यले भने ।

नेकपा एमालेले नेता नेपालसहित १४ जनालाई सांसद पदबाट हटाउन संसद् सचिवालयलाई पत्र बुझाएको छ । एमालेका सांसदहरूले छिट्टैै निर्णय गर्न सभामुखलाई दबाब दिइरहेका छन् । 

त्यस्तै माओवादीले नेता नेपालको पार्टी दर्ता भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने जनाएको छ ।