२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ नाका तत्काल नखुल्ने, भन्सारमा आएका सामान अर्को साताबाट पठाउने तयारी



file
अ+ अ-

काठमाडौँ । नेपालसँग जोडिएका चिनियाँ भन्सार नाकाहरुमा आएका सामग्रीहरु अर्को साताबाट नेपाल पठाउने तयारी भएको छ । कोभिड–१९ को संक्रमणको कारण देखाउँदै नेपालसँग जोडिएका भन्सार नाकाहरु चीनले बन्द गरेपछि ती सामान नाकाहरुमै अड्किएर बसेका थिए ।

बेइजिङस्थित नेपाली दूतावासकाे श्राेत अनुसार अब ती सामान विस्तारै अर्को साताबाट नेपाल पठाउने तयारी भएको छ । यद्यपि चीनले नेपालसँग जोडिएका आफ्ना भन्सार नाकाहरु तत्काल नखुलाउने स्पष्ट गरेको छ ।

चीनको बेइजिङ, इनर मंगोलिया, सिन्जियाङ, छन्दु र तिब्बतलगायत क्षेत्रमा कोरोना संक्रमण व्यापक देखिएको बताइएको छ । दूतावासका अनुसार चीनको आधाभन्दा बढी प्रान्तमा कोरोना संक्रमण फैलिएको छ ।

चीनले आफ्नै स्वशासित क्षेत्र तिब्बतमा समेत सामान निर्यात गरेको छैन । तिब्बतका विभिन्न सहरमा ८ अगस्टदेखि कोरोना सङ्क्रमणका कारण लकडाउन जारी छ ।

लकडाउनका कारण अहिले पनि नेपालसँग जोडिएका चिनियाँ भन्सार नाकाहरु केरुङमा २०० भन्दा बढी कन्टेनर रोकिएका छन् । त्यस्तै खासामा १००, मिम्बुमा ३०, सिगात्सेमा २५ कन्टेनर रोकिएको अवस्था छ ।

चीनले नाका खोल्न नमानेका कारण दशैँलाई लक्षित गरी ल्याइएका लत्ताकपडा पनि नाकामा थुनिएर रहेका थिए । चीनबाट आयात हुने स्याउ कुहिने अवस्थामा रहेको बताइएको छ ।




भर्खरै