२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई साथ नदिएका एमाले नेताहरू बालकोटमा



अ+ अ-

काठमाडौं । लामो समय माधव कुमार नेपाललाई साथ दिएपनि नयाँ पार्टी गठन गर्दा नेपाललाई साथ नदिएका एमाले नेताहरू बालकोट पुगेका छन्। सोमबार पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न नेताहरु बालकोट पुगेका हुन् । एमाले उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलगायत नेताहरू ओलीसँग वार्ता गर्न बालकोट पुगेका छन्।

उनीहरुले नेपालसहित १४ जना सांसदलाई गरेको काबाही फिर्ता लिन माग गरेका छन् भने पार्टी गठनको निर्णयबाट पछि हट्न नेपाललाई आग्रह गरेका छन्। बुधबार नेपालसहित नयाँ पार्टीमा बस्न चाहने नेतालाई सनाखतका लागि निर्वाचन आयोगले बोलाएको छ।