२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक दिवसीय क्रिकेट: केन्याले दियो नेपाललाई २५६ रनको लक्ष्य



फाईल फोटो
अ+ अ-

काठमाडौँ । तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा घरेलु टोली केन्याले नेपाललाई जितका लागि २५६ रनको लक्ष्य दिएको छ ।

केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५५ रनको योगफल बनायो । केन्याका लागि कोलिन्स अबुयाले ८४ रनको अर्धशतकीय इनिङ खेले । उनले १११ बलमा सात चौका र दुई छक्काको मद्दतमा सो रन बनाएका हुन ।

यस्तै लुकास एनडानडासनले अविजित रहदै ५९ रनको योगदान दिए भने सुखदिप सिंहले ३७ रन बनाए । इमानुएल बुन्डीले २३ रन बनाउँदा कप्तान शेम एनगोचेले १७ रन जोडे ।

बलिङमा नेपालका सोमपाल कामी र आदील अन्सारीले समान दुई÷दुई विकेट लिए भने बसिर अहमद र शाहब आलमले एक÷एक विकेट लिए । तीन खेलको सिरिजमा नेपाल २–० ले अघि रहेको छ । एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो एकदिवसीय खेलमा १७ रनले विजयी भएको थियो ।

त्यसअघि केन्या विरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले ३–२ ले जितेको थियो । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।