२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्धको आदर्श र लुम्बिनीको पहिचान जोगाउन राज्यकोतर्फबाट लगानी बढाएका छौँ – मेयर शाक्य



अ+ अ-

काठमाडौं । काठमाडौँको बुद्धनगरस्थित बौद्ध भावना केन्द्रमा प्रतिस्थापित बुद्ध मूर्तिको आज काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अनावरण गर्नुभएको छ । केन्द्रको नवनिर्मित भवनको धम्महलमा ध्यान मुद्रामा रहनुभएका वुद्धको प्रतिमा अनावरण गरिएको हो । 

मूर्ति अनावरण गरिसकेपछि प्रमुख शाक्यले, बुद्धको आदर्श र लुम्बिनीको पहिचान जोगाउन राज्यकोतर्फबाट लगानी बढाएको बताउनुभयो । ‘बुद्ध नेपालमा जन्मिए तर बिहारहरु सबै अरु देशको सहयोगमा निर्माण भए । बिहार कसले बनायो भनेर सोध्यो भने, कुनै श्रीलङकाले, कुनै थाइल्याण्डले, कुनै जापानले भन्ने उत्तर आउँछ । तर नेपालको नाम कमै मात्र आउँछ । त्यसैले मेरो नेतृत्वमा काठमाडौँबाट निर्वाचित जनप्रतिनिधिहरुले सामुहिक निर्णय गरेर नेपाली बज्रयान परम्पराको विहार निर्माणमा सघाउन थालेका हौँ । यस अघि दाताहरुको सहयोगमा मात्र विहार निर्माण हुने गरेका थिए । हामी आए पछि राज्यको उपस्थिति जनाएका हौँ ।’

महानगरले लुम्बिनीमा नेपाली शैलीको विहार बनाउन सघाएको छ । काठमाडौँको वडा २८ मा वुद्ध विहार, वडा ५ मा नरविहारलगायत अन्य विहारमा हाम्रो सहयोग छ । प्रमुख शाक्यको भनाइ थियो । आज प्रतिस्थापित प्रतिमा बाबुकाजी शाक्यको परिवारले आफ्ना दिवंगत मातापिता, श्रीमति र छोराका नाममा दान गर्नुभएको हो । 

प्रतिमा प्रतिस्थापनका अवसरमा भिक्षु इन्दक स्थविरले शील प्रदान गर्नुभएको थियो भने भिक्षु संघबाट वुद्धाभिषेक (मंगल पाठ) र बुद्ध पूजा गरिएको थियो । भिक्षु ञाणाबुध स्थविरले उपदेश दिनुभएको थियो । कार्यक्रमको अन्त्यमा पुण्यानुमोदन गरिएको थियो ।  

कार्यक्रमपछि प्रमुख शाक्यले धम्महल भवनको अवलोकन गर्नुभएको थियो । यो भवन बनाउन महानगरले करीव ४ करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । केन्द्रका अध्यक्ष प्रत्येकरत्न ताम्राकारकाअनुसार भवन निर्माणको काम सन्तोषजनक रुपमा भइरहेको छ । महानगरले यत्तिका सहयोग गरेको छ । अब हाम्रो चाहना भनेको घरजग्गा कर मिनाहा गरिदेओस् भन्ने हो । २०४२ सालमा स्थापना भएको भावना केन्द्र करीब ७ रोपनी ६ आना ३ पैसा क्षेत्रफलमा फैलिएको छ । केन्द्रले बौद्ध परियन्ती शिक्षा अध्यापन गराउने, ध्यान शिविर चलाउनेलगायत काम गर्दै आएको छ ।