२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘१० बुँदे सहमति’ कार्यान्वयनको प्रस्ताव तय गर्न तीन सदस्यीय कमिटी गठन



अ+ अ-

काठमाडौँ । नेकपा एमालेभित्रको विवाद समाधानका लागि भएको १० बुँदे सहमति कार्यान्वयनको मोडालिटी र समयतालिका तय गर्न तीन सदस्यीय कमिटी गठन भएको छ ।  उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल र उप- महासचिव विष्णु पौडेल सदस्य रहेको कमिटी गठन गरिएको हो ।

यो कमिटीले स्थायी कमिटीको मंगलबारको बैठकअघि प्रस्ताव तयार पार्नेछ ।  सोमबार एमालेको ‘तेस्रो धार’का नेता र अध्यक्ष ओलीबीच बालकोटमा छलफल भएको थियो । उक्त छलफलमा ओलीले आफू १० बुँदे भित्रबाट अघि बढ्न तयार रहेको संकेत गरेका थिए  ।