२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘१० बुँदे सहमति’ कार्यान्वयनको प्रस्ताव तय गर्न तीन सदस्यीय कमिटी गठन



अ+ अ-

काठमाडौँ । नेकपा एमालेभित्रको विवाद समाधानका लागि भएको १० बुँदे सहमति कार्यान्वयनको मोडालिटी र समयतालिका तय गर्न तीन सदस्यीय कमिटी गठन भएको छ ।  उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल र उप- महासचिव विष्णु पौडेल सदस्य रहेको कमिटी गठन गरिएको हो ।

यो कमिटीले स्थायी कमिटीको मंगलबारको बैठकअघि प्रस्ताव तयार पार्नेछ ।  सोमबार एमालेको ‘तेस्रो धार’का नेता र अध्यक्ष ओलीबीच बालकोटमा छलफल भएको थियो । उक्त छलफलमा ओलीले आफू १० बुँदे भित्रबाट अघि बढ्न तयार रहेको संकेत गरेका थिए  ।