१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता

भलिबल संघको अध्यक्षमा चन्दको उम्मेदवारी

भलिबल संघको अध्यक्षमा चन्दको उम्मेदवारी
अ अ+ अ-

काठमाडौँ । नेपाल भलिबल संघको बुधवार हुने नयाँ कार्यसमितिको निर्वाचनका लागि वर्तमान महासचिव जितेन्द्रबहादुर चन्दले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ ।

चन्दले आईतवार पत्रकार सम्मेलन गर्दै भदौ २२ गते हुन लागेको नयाँ निर्वाचनका लागि औपचारिक रुपमा उम्मेदवारीको घोषणा गर्नुभएको हो । चन्दले १४ बुँदे प्रतिवद्धता पत्रसहित उम्मेदवारी घोषणा गर्नुभएको हो । भलिबललाई विश्व स्तरमा पु¥याउने र नेपालको भलिबलबाट खेलाडी बाँच्न सक्ने आधार बनाउने सहित अध्यक्ष पदमा चन्दले उम्मेदवारी घोषण गर्नुभएको हो ।

एक दशकदेखि संघको महासचिव पदमा काम गरिसक्नुभएका चन्दले १४ वटा एजेण्डामा राष्ट्रिय खेललाई माथि उठाउने प्रतिवद्धता जनाउनु भयो । जसमध्ये स्थानीय तह जिल्ला प्रदेशदेखि केन्द्रसम्म रहेका संघहरुलाई व्यवस्थित गर्दै अगाडि बढाउने उहाँको योजना रहेको छ । भलिबल खेलको विकासमा लाग्न अभिप्रेरित गर्ने, संघ र संघसँग सम्बन्धित निकायसँग छलफल गरी वार्षिक क्यालेन्डर प्रकाशित गर्ने, कार्यन्वयन गर्ने, विद्यालय भलिबल कमिसनलाई सक्रिय गराइ कम्तीमा वर्षमा महिला र पुरुषको १/१ राष्ट्रिय टिम बनाइ अन्तर्राष्ट्रिय उमेर समूहमा सहभागी गराउने उहाले उम्मेदवारी घोषणा कार्यक्रममा सार्वजनिक गर्नुभयो ।

बुधवार हुने निर्वाचनका लागि संघकी उपाध्यक्ष निरोज मास्केले पनि गत महिना औपचारिक कार्यक्रममार्फत उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । योसँगै भदौ २२ गतेका लागि तय संघको निर्वाचनमा अध्यक्षमा प्रतिष्पर्धा हुने सम्भावना देखिएको छ । यसअघिको साधारण सभाले मनोरञ्जन रमण शर्माको अध्यक्षतामा निर्विरोध कार्यसमितिको चयन भएको थियो ।

यस्तै संघको महासचिवमा रोशन श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको छ । यसअघि महासचिव पदमा संघका वर्तमान सचिव मनवीर छन्त्यालले महासचिवमा उम्मेदवारी घोषणा गर्नुभएको छ । चन्दको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने कार्यक्रममा स्वागत मन्तव्य राख्दै श्रेष्ठले महासचिवमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।  योसँगै भलिबल संघमा यसपटक प्यानलसहितको प्रतिष्पर्धा हुने सम्भावना बलियो बनेको छ । उता नयाँ निर्वाचनका लागि अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेकी संघकी सदस्य इन्दिरा निरौलाले उम्मेदवारी नदिने
जनाउँदै आफ््नो समर्थन चन्दलाई रहने बताउनुभएको छ ।

चन्दको घोषणा सभामा संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, पूर्व खेलाडी समेत रहनुभएका सशस्त्र प्रहरी बलका पूर्व आइजिपी दुर्जकुमार राई, पूर्व खेलाडी नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेल, संघका वरिष्ठ उपाध्यक्ष यामबहादुर गुरुङ, उपाध्यक्ष हर्क सिंह धामी, कोषाध्यक्ष सुनकेशरी माली, सदस्य श्रीराम बोगटी, एभीसी रेफ्री पूर्ण चौलागाईंको उपस्थिति थियो ।