• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   रोमानियालाई हराउँदै नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा प्रवेश ★   अष्ट्रियालाई हराउँदै टर्की युरो कपको क्वाटरफाइनलमा ★   कसरी चिप्लियो प्रचण्डको ३२ अंकको जादु ? ★   नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा ★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश

भलिबल संघको अध्यक्षमा चन्दको उम्मेदवारी



काठमाडौँ । नेपाल भलिबल संघको बुधवार हुने नयाँ कार्यसमितिको निर्वाचनका लागि वर्तमान महासचिव जितेन्द्रबहादुर चन्दले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ ।

चन्दले आईतवार पत्रकार सम्मेलन गर्दै भदौ २२ गते हुन लागेको नयाँ निर्वाचनका लागि औपचारिक रुपमा उम्मेदवारीको घोषणा गर्नुभएको हो । चन्दले १४ बुँदे प्रतिवद्धता पत्रसहित उम्मेदवारी घोषणा गर्नुभएको हो । भलिबललाई विश्व स्तरमा पु¥याउने र नेपालको भलिबलबाट खेलाडी बाँच्न सक्ने आधार बनाउने सहित अध्यक्ष पदमा चन्दले उम्मेदवारी घोषण गर्नुभएको हो ।

एक दशकदेखि संघको महासचिव पदमा काम गरिसक्नुभएका चन्दले १४ वटा एजेण्डामा राष्ट्रिय खेललाई माथि उठाउने प्रतिवद्धता जनाउनु भयो । जसमध्ये स्थानीय तह जिल्ला प्रदेशदेखि केन्द्रसम्म रहेका संघहरुलाई व्यवस्थित गर्दै अगाडि बढाउने उहाँको योजना रहेको छ । भलिबल खेलको विकासमा लाग्न अभिप्रेरित गर्ने, संघ र संघसँग सम्बन्धित निकायसँग छलफल गरी वार्षिक क्यालेन्डर प्रकाशित गर्ने, कार्यन्वयन गर्ने, विद्यालय भलिबल कमिसनलाई सक्रिय गराइ कम्तीमा वर्षमा महिला र पुरुषको १/१ राष्ट्रिय टिम बनाइ अन्तर्राष्ट्रिय उमेर समूहमा सहभागी गराउने उहाले उम्मेदवारी घोषणा कार्यक्रममा सार्वजनिक गर्नुभयो ।

बुधवार हुने निर्वाचनका लागि संघकी उपाध्यक्ष निरोज मास्केले पनि गत महिना औपचारिक कार्यक्रममार्फत उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । योसँगै भदौ २२ गतेका लागि तय संघको निर्वाचनमा अध्यक्षमा प्रतिष्पर्धा हुने सम्भावना देखिएको छ । यसअघिको साधारण सभाले मनोरञ्जन रमण शर्माको अध्यक्षतामा निर्विरोध कार्यसमितिको चयन भएको थियो ।

यस्तै संघको महासचिवमा रोशन श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको छ । यसअघि महासचिव पदमा संघका वर्तमान सचिव मनवीर छन्त्यालले महासचिवमा उम्मेदवारी घोषणा गर्नुभएको छ । चन्दको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने कार्यक्रममा स्वागत मन्तव्य राख्दै श्रेष्ठले महासचिवमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।  योसँगै भलिबल संघमा यसपटक प्यानलसहितको प्रतिष्पर्धा हुने सम्भावना बलियो बनेको छ । उता नयाँ निर्वाचनका लागि अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेकी संघकी सदस्य इन्दिरा निरौलाले उम्मेदवारी नदिने
जनाउँदै आफ््नो समर्थन चन्दलाई रहने बताउनुभएको छ ।

चन्दको घोषणा सभामा संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, पूर्व खेलाडी समेत रहनुभएका सशस्त्र प्रहरी बलका पूर्व आइजिपी दुर्जकुमार राई, पूर्व खेलाडी नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेल, संघका वरिष्ठ उपाध्यक्ष यामबहादुर गुरुङ, उपाध्यक्ष हर्क सिंह धामी, कोषाध्यक्ष सुनकेशरी माली, सदस्य श्रीराम बोगटी, एभीसी रेफ्री पूर्ण चौलागाईंको उपस्थिति थियो ।