२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्द्रजात्रा: योसिँ लिङ्गो हनुमानढोका पु-याईयो -फोटो फिचर



अ+ अ-

काठमाडौं । इन्द्रजात्राका अवसरमा हनुमान ढोका परिसरमा ठड्याउन भक्तपुरको सूर्यविनायक नगरपालिका– १० चित्तापोल जङ्गलबाट काटेर ल्याईएको योसिँ लिङ्गो हनुमानढोका परिसर पु-याईएको छ ।

आईतबार बिहान गुर्जुको पल्टनबाट तोप पड्काएर बढाइँ दिँदै योसिँ लिङ्गो हनुमानढोका परिसर पु-याईएको हो ।

काठमाडौँका राजा जयप्रकाश मल्लको पालादेखि यो प्रचलन सुरु भएको मानिन्छ । विगत वर्षमा जङ्गलदेखि मानन्धर समुदायका गुठीयारले अरनिको राजमार्ग हुँदै भोटाहिटीसम्म तानेर ल्याउने चलन रहेको थियो । तर कोभिड– २०१९ को माहामारीदेखि गाडीमार्फत भोटाहिटीसम्म पु¥याउने गरिएको छ ।

चारदिन अघि भोटोहिटीमा ल्याएको योसिँ ‘लिङ्गो’ आइतबार बिहान असन, बालकुमारी, इन्द्रचोक हुँदै हनुमानढोका परिसर पु-याईएको हो ।

यतिबेला इन्द्रजात्राका दिन वसन्तपुर परिसरबाट सुरु हुने जीवित देवी श्री कुमारी, श्री गणेश र श्री भैरवको रथ जात्राका तयारी गर्न जुटेका गुठीयार जुटेका छन् । इन्द्रजात्रा पूर्वसन्ध्यामा गद्दी बैठकमा रङ्गरोगन तथा सिँगारपटार गर्ने काम धमाधम भै रहेको छ ।

इन्द्रजात्रामा दिन वसन्तपुर परिसरबाट सुरु हुने जीवित देवी श्री कुमारी, श्री गणेश र श्री भैरवको रथ जात्राका लागि तयारी अवस्था राखिएको छ ।

तस्बिर- रत्न श्रेष्ठ/ रासस