७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्द्रजात्रा: योसिँ लिङ्गो हनुमानढोका पु-याईयो -फोटो फिचर



अ+ अ-

काठमाडौं । इन्द्रजात्राका अवसरमा हनुमान ढोका परिसरमा ठड्याउन भक्तपुरको सूर्यविनायक नगरपालिका– १० चित्तापोल जङ्गलबाट काटेर ल्याईएको योसिँ लिङ्गो हनुमानढोका परिसर पु-याईएको छ ।

आईतबार बिहान गुर्जुको पल्टनबाट तोप पड्काएर बढाइँ दिँदै योसिँ लिङ्गो हनुमानढोका परिसर पु-याईएको हो ।

काठमाडौँका राजा जयप्रकाश मल्लको पालादेखि यो प्रचलन सुरु भएको मानिन्छ । विगत वर्षमा जङ्गलदेखि मानन्धर समुदायका गुठीयारले अरनिको राजमार्ग हुँदै भोटाहिटीसम्म तानेर ल्याउने चलन रहेको थियो । तर कोभिड– २०१९ को माहामारीदेखि गाडीमार्फत भोटाहिटीसम्म पु¥याउने गरिएको छ ।

चारदिन अघि भोटोहिटीमा ल्याएको योसिँ ‘लिङ्गो’ आइतबार बिहान असन, बालकुमारी, इन्द्रचोक हुँदै हनुमानढोका परिसर पु-याईएको हो ।

यतिबेला इन्द्रजात्राका दिन वसन्तपुर परिसरबाट सुरु हुने जीवित देवी श्री कुमारी, श्री गणेश र श्री भैरवको रथ जात्राका तयारी गर्न जुटेका गुठीयार जुटेका छन् । इन्द्रजात्रा पूर्वसन्ध्यामा गद्दी बैठकमा रङ्गरोगन तथा सिँगारपटार गर्ने काम धमाधम भै रहेको छ ।

इन्द्रजात्रामा दिन वसन्तपुर परिसरबाट सुरु हुने जीवित देवी श्री कुमारी, श्री गणेश र श्री भैरवको रथ जात्राका लागि तयारी अवस्था राखिएको छ ।

तस्बिर- रत्न श्रेष्ठ/ रासस