२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टुंगियो काँग्रेस क्रियाशील सदस्यता विवाद, देउवा र पौडेलले बुझे प्रतिवेदन



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंगिएको छ । सोमबार क्रियाशील सदस्यता छानविन समितिले टुंगो लगाउन बाँकी समस्या समाधान भएसँगै काँग्रेसमा  क्रियाशील सदस्यता विवाद टुंगिएको हो । 

पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले बुझेका छन् । देउवानिवास बुढानिलकण्ठमा पूर्व महामन्त्री सिटौला तथा केन्द्रीय सदस्यद्वय डा.मिनेन्द्र रिजाल र रमेश लेखकले प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

प्रतिवेदन बुझ्दै सभापति देउवाले अब सहमतिमा तलमाथि नगरी महाधिवेशन प्रक्रिया अगाडि बढाउने बताए । उनले महाधिवेशन सम्पन्न गर्न सबैको सहयोग अपेक्षा गरेको बताए ।