२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिरानो गाँउमा भेटिए राजुबाबु, अनिर, प्रविण र मिलन



अ+ अ-

काठमाडौ ।  संगीतकार अनिर मास्के २५ वर्षपछि फेरि हार्मोनियमका कि बोर्डमा औंला चलाउँदै धुन निकाल्न सक्रिय भएका छन् । मास्केले चर्चित गीतकार डा. राजुबाबु श्रेष्ठको शब्दमा गीत संगीत क्षेत्रका अहिलेका "हटकेक"हरु अर्थात गायक प्रवीण बेडवाल र गायिका मिलन नेवारको स्वरमा दुई गीत रेकर्ड गराएका छन् ।

प्रवीणले गाएको "आज किन गाउँ छाडेको याद आयो सानी, तिम्रै यादले कुटु कुटु मुटु खायो सानी बिरानो यो शहरमा" शब्द रहेको गीतलाई सचिन सिंहले एरेन्ज गरेका छन् । 

यसै गरी "किन होला आज देब्रे आँखा फर्फरायो, सम्झियौ कि तिमीले कतै बाडुली पो आयो, बिरानो यो गावैमा" बोलको गीतमा गायिका मिलनले स्बर दिएकी छिन् । यो गीतको पनि एरेन्ज सचिन सिंहले गरेका हुन् । ए वान म्युजिक स्टुडियोमा रेकर्ड भएको गीतको अडियो  केही दिन भित्र नै सार्वजनिक गरिने संगीतकार मास्केले जानकारी दिए ।   

गीत सुनेर अनुभूति गर्ने कुरा हो, सार्वजनिक भएपछि श्रोताबाट आउने प्रतिक्रियाका आधारमा भिडियो बनाउने तयारी रहेको मास्केले जानकारी दिए ।