२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज बढ्यो सुनचाँदीको मुल्य, तोलामा कति ?



अ+ अ-

काठमाडौं । साताको तेस्रो आज नेपाली बजारमा सुनको मुल्य ओकालो लागेको छ । साताको दोस्रो दिन सोमबार तोलामा २०० बढेको सुनको मुल्य आज भने ५०० बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा छापावाला सुनको मुल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेपनि मंगलबार छापावाल सुन प्रति तोला ९१ हजार ६ सयमा कारोबार भइरहेको जनाएको छ।   

महासंघका अनुसार सोमबार ९० हजार ६०० रुपैयाँ रुपैयामा कारोबार भएको तेजाबी सुन आज तोलामा ५ सय बढेको छ । मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार १०० कायम गरिएको छ ।  

यस्तै साताको दोस्रो दिन सोमबार चाँदी प्रतितोला  १ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको थियो भने आज प्रति तोला १० रुपैया बढेर १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।