२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवरुद्ध मध्यपहाडी लोकमार्ग पून सुचारु



अ+ अ-

बलेवा । वर्षासँगै आएको बाढीपहिराका कारण बागलुङका  मुख्य राजमार्ग अवरुद्ध हुँदै आएका छन् । दुई दिनदेखिको लगातारको झरीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ नगरपालिका–३ स्थित बोक्से र कालिगण्डकी करिडोरको फुर्से खोलामा पहिरो खसेका कारण सडक अवरुद्ध भएकामा अहिले खुलाइएको हो ।  

कालीगण्डकी करिडोरमा भने पहिरो पन्छाउने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख बद्रीप्रसाद तिमिल्सिनाले बताउनुभयो । बोक्सेमा खसेको पहिराले सडक अवरुद्ध भएकामा  प्रहरी र लोकमार्ग आयोजनाको पहलमा सडक खुलाइएको हो । सडक खुलेपछि सोमबार बेलुकीदेखि अलपत्र परेका यात्री गन्तव्यतर्फ लागेका छन् । (रासस)