२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाअभियोगलाई संसद् पुनःस्थापनासँग जोड्दै जबराको प्रश्न: सबै दण्डित हुनुपर्दैन ?



अ+ अ-

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूमाथि लगाइएको महाअभियोगलाई संसद् पुनःस्थापना र नयाँ सरकार गठनसँग जोड्नुभएको छ ।

प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिलाई बयान दिँदै उहाँले प्रतिनिधिसभा पुनःस्थापना गर्ने आफूसँगैका चार न्यायाधीशलाई पनि कारबाही गर्नुपर्ने बताउनुभयो ।

प्रतिनिधिसभा पुनःस्थापना गरेको दोष आफूलाई मात्र लगाउन नमिल्ने जिकिर गर्दै पाँचै जनालाई कारबाही नगरेर आफूमाथि मात्र महाअभियोग लगाउनुपर्ने कारण माग गर्नुभयो ।
जबराले ‘गलत भए पाँचै जना गलत हुन्छ, नेतृत्व मात्र सबै कुरा होइन भन्दै दण्डित भए सबै दण्डित हुनुपर्दैन ?’ भनी प्रश्न गर्नुभयो । निलम्बित प्रधानन्यायाधीश जबराले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गर्ने अरु न्यायाधीशलाई सरकारले पदक दिएको बताउनुभयो ।

फैसला विवादास्पद भएको भन्दै सांसद यशोदा सुवेदी गुरुङले विवादास्पद विषयमा चेक एन्ड ब्यालेन्स गर्ने अधिकार संसद्लाई भएको बताउनुभयो । उहाँले जबरालाई समितिमा उठेका प्रश्नलाई कसरी लिनुभएको छ भनी प्रश्न गर्नुभयो ।

जवाफमा जबराले आफू प्रश्नबाट नभाग्ने तर प्रश्नको धरातल खोतलेर यथार्थ जानकारी गराउनु आफ्नो दायित्व भउको बताउनुभयो ।