१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्लभ वन्यजन्तु सालकको खपेटा सहित पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । टोखा नगरपालिका–९ गोगंबुस्थित शिवमन्दिर नजिकबाट दुर्लभ वन्यजन्तु सालकको २ किलो ५ सय ग्राम खपेटा सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा उदयपुर चौडन्डिगढी नगरपालिका–८ घर भई काठमाडौं रानीवन बस्ने ३२ वर्षीय तुल बहादुर मगर र काभ्रे घर भई काठमाडौं स्वयम्भू बस्ने ४१ वर्षीय टासी तामाङ रहेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त खपेटा सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।