२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्रोत नखुलेको रु ८५ लाख ५६ हजार रकमसहित तीन पक्राउ



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको रु ८५ लाख ५६ हजार रकमसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले स्रोत नखुलेको उक्त रकमसहित लक्ष्मण पौडेल, अभिषेक अग्रवाल र मधुसुदन खड्कालाई आज दिउँसो काठमाडौँ महानगरपालिका–२२ खिचापोखरीबाट पक्राउ गरेको हो । 

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले सिमराका ३२ वर्षीय पौडेलले बोकेको झोलामा रु ३१ लाख रकम शङ्कास्पदरूपमा फेला पारेपछि पक्राउ गरेर सोधपुछ गर्दा थप ५४ लाख ५६ हजारसहित अग्रवाल र खड्कालाई पक्राउ गरिएको जानकारी दिनुभयो । 

पक्राउ पौडेललाई सोधपुछ गर्दा होलिडे ट्रेडिङ प्रालिका सञ्चालकसमेत रहेका अग्रवालले दिएको खुलेपछि प्रहरीले अग्रवाल र उनका कामदार खड्कालाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरुलाई समानान्तर बैंकिङ कारोबार (हुण्डी) कारोबार गरेको हुनसक्ने भएकाले थप अनुसन्धान गरिरहेको प्रवक्ता बस्नेतले बताउनुभयो ।