७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यका मापदण्ड पालना गरी तीज मनाउन मुख्यमन्त्री भट्टको आग्रह



अ+ अ-

गोदावरी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले हरितालिका तीजको मौलिकता कायम राख्दै स्वास्थ्यका मापदण्ड पालना गरी मनाउन आग्रह गर्नुभएको छ ।

नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले नेपाली समाजमा रहेका सबैखाले विभेद एवं हिंसा अन्त्य र समतामूलक समाज निर्माणका लागि महिलाले निर्वाह गरेको भूमिकाको उच्च सम्मान प्रकट गर्नुभएकोे छ ।

देखावटी तडकभडक एवं खर्चिलोपनलाई हटाउँदै आफ्नो मौलिकतामा तीज मनाउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री भटृले आफ्नो मौलिकताको तीज पर्वमा खुसी साटासाटका साथै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध सुमधुर बनाउन सघाउ पुगोस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।