२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस संस्‍थापनइतरका नेताहरूको छलफल



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु छलफलमा जुटेका छन् बुधबार संस्थापनइतर समूहका नेताहरू पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा छलफलमा जुटेका हुन् । 

बुधबार बिहानै नेताहरूछलफलमा वरिष्ठ नेता पौडेलसहित शशांक कोइराला, नेता सिंह र अर्जुननरसिंह केसीलगायतका नेताहरू छलफलमा जुटेका हुन् । 

छलफल महाधिवेशन केन्‍द्रित भएको सिंहका प्रेस सहयोगि यूपी लामिछानेले जानकारी दिए । 

उनकाअनुसा भदौ १८ बाट सुरु हुने वडा अधिवेशन, क्रियाशील सदस्‍यता र जिल्‍ला सभापतिहरूले सुरु गरेको धर्नाका विषयमा कुराकानी हुनेछ ।

केही दिनअगाडि पौडेल पक्षले बत्तिसपुतलीमा छलफल गरेर आफ्ना तर्फबाट भदौ १८ अघि नै सभापतिको उम्मेदवार चयन गर्ने सहमित गरेको थियो । तर, आजको छलफल भने भिन्नै भएको लामिछानेले बताए ।