१३ मंसिर २०८१, बिहीबार
,
Latest
लगानी बोर्ड बैठक: बुढीगण्डकीलगायत विभिन्न जलविद्युत परियोजनाको लगानी स्वीकृत आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लि. को प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार खड्का नियुक्त। रास्वपा सभापति लामिछानेलाई काठमाडौँ ल्याइयो काँग्रेस, एमाले र माओवादीबीच भाग नमिल्दा न्यायाधीश नियुक्ति हुन सकेनः अध्यक्ष लिङदेन रवि लामिछाने सवार विमान पोखराबाट उड्यो सरकारले चार महिनामा दुग्ध किसानलाई १ खर्ब ३० करोड भुक्तानी गर्यो: कृषिमन्त्री अधिकारी वनमन्त्री ठकुरीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट सरकारप्रति जनतामा असन्तुष्टि, आक्रोश र वितृष्णा बढ्दै गयोः मोहन वैद्य सुदूरपश्चिम रोयल्सको ट्राभल पार्टनरमा राइका आज मध्यरातदेखि मौन अवधि सुरु, के-के गर्न पाइँदैन?
तपाईं के खोज्दै हुनुहुन्छ ?

रु एक लाखको चेक पत्रकार दाहाललाई हस्तान्तरण



अ+ अ-

विराटनगर । नेपाल प्रेस युनियन सुनसरी शाखाले सवारी दुर्घटनामा परेक सञ्चारकर्मी मनोज दाहाललाई रु एक लाख आज हस्तान्तरण गरेको छ ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेल र युनियनको शाखा सभापति पवन अधिकारीसहितको टोली आज निजकै निवासमा पुगी सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।

अध्यक्ष पोखरेलले मुलुकमा रहेका पत्रकारहरूलाई दुःखकै समयमा सङ्गठन आवश्यक पर्ने उल्लेख गर्दै पत्रकारिता क्षेत्रमा संलग्न भइसकेपछि मसँग संस्था र समुदाय छ भन्ने अनुभूति पत्रकारले गर्न पायो भने त्यही नै सबैभन्दा ठूलो सम्पत्ति हो भन्नुभयो । बीमाले उलब्ध गराएको रकमले सबै उपचार सम्भव नभए पनि संस्था साथै रहेको अनुभूतिले पनि ठूलो हौसला मिल्ने चर्चा गर्दै उहाँले प्रेस युनियनको कामको प्रशंसा गर्नुभयो ।

अध्यक्ष पोखरेलले पत्रकारको समस्यामा राज्यको लगानी आवश्यक छ भन्दै पत्रकार आफैँ पनि आर्थिकदेखि सामाजिकरूपमा परिपक्व बन्नुुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रेस युनियन सुनसरी शाखाका सभापति अधिकारीले युनियनले पत्रकारहरूको हकहितलगायत विभिन्न रचनात्मक कार्य गर्दै आएको स्मरण गर्दै बीमाकम्पनीसँग सहकार्य गरी दोस्रो चरणमा जिल्लाका दुई सय ७४ सञ्चारकर्मीको दुर्घटना बीमा गरिएको जानकारी दिनुभयो ।

उहाँले कोरोनाकालमा ३० सञ्चारकर्मीलाई कोरोना बीमावापत रु ३० लाख हस्तान्तरण गरिसकेको जानकारी दिँदै सवारी दुर्घटनामा परी घाइते हुनुभएका दाहालको उपचारमा सम्भव भएसम्म मद्दत गरेको बताउनुभयो । रासस