विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीबाट शेरधन राईले राजीनामा दिएका छन्।
उनले प्रदेश प्रमुखलाई भेटेर आफ्नो राजीनामा बुझाएका हुन्। यता प्रदेश १ एमाले संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन्। बिहीबार विराटनगरमा बसेको एमाले संसदीय दलको बैठकले भीम आचार्यलाई सर्वसम्मतले संसदीय दलको नेतामा चयन गरेको हो।
शेरधन राईको प्रस्तावमा आचार्य दलको नेता चयन भएका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएपछि उनलाई आजै प्रदेश प्रमुखले शपथ खुवाउने छन् ।