२० मंसिर २०८२, शनिबार
,
Latest
कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

छमछमी नाच्दै कमल थापाले भने ‘मकवानपुरे जनताले मलाई न्याय गर्छन्’



अ+ अ-

हेटौंडा । मकवानपुरको हेटौंडामा राप्रपा नेपाल आबद्ध महिला संगठनद्वारा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष कमल थापा महिला दिदिबहिनीहरुसङ्ग धक फुकायर छलछमी नाचेका छन् ।

नृत्यमा पनि सौख भएका थापा सांस्कृतिक पर्व तिजको शुभकामना दिने भन्दै आज हेटौंडा पुगेका हुन् । तिजको शुभकामना दिन हेटौंडा पुगेका थापाले मंचको भरपुर सदुपयोग गर्दै राजनीतिक भाषण गरे । घुमाउरो भाषामा आसन्न निर्बाचनमा आफू उम्मेदवार हुने , सबैले सहयोग गर्ने र जित्ने समेत थापाले आज उद्घोष गरे । ‘ म ५० बर्ष देखि मकवानपुरका जनताको सेवामा अबिछिन्न छु, कुनै अनैतिक र बेईमानी काम गरेको छैन, इमान्दारिता, निष्ठा र सेवा मेरो पुँजि हो, यसैको बलमा उभिएको छु, मलाई मकवानपुरका जनताको भरपुर माया र सद्भाव छ ‘ भन्दै थापाले थपे ‘ घेराबन्दी , षड्यन्त्र र अन्यायलाई मकवानपुरे जनताले सहन सक्दैनन् , म माथी त्यो भएको छ , मलाई बिश्वास छ मलाई यसपटक न्याय गर्नेछन् ‘ । मकवानपुरे जनताको सुख , दुख र बिकासमा आफू दत्तचित्त भएको भिजेको , आफ्नो उर्बर राजनितिक जीवन मकवानपुरमा नै बिताएको भन्दै थापाले महिलाहरुको हक , हित र अधिकारको संरक्षण आफ्नो प्राथमिकतामा रहेको समेत बताए ।

भावानात्मक भासण कला भएका थापाले आज कुनै राजनितिक दललाई गाली गलौज गरेनन् , महिला अधिकार र मातृ शक्तिको भुमिकाको धेरै चर्चा गरे , आफू महिलाहरुको पक्षमा रहेको अभिव्यक्ति दिए । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार आगामी निर्बाचनमा मकवानपुर -१ बाट कमल थापा उठ्ने गरि आफुहरुले सम्पुर्ण रुपमा तयारी गरेको र उहाँको बिजय सुनिश्चित गराउने गरि काम गर्नु आफुहरुको धर्म रहेको भन्दै थापा उठ्ने निश्चित भएको प्रतिक्रिया दिए ।