२८ भाद्र २०८३, आईतवार
,
Latest
‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख कार्कीको जोड पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक भाइको मुख्यमन्त्रीमा सपथ, अर्का भाइ मृत फेला



अ+ अ-

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता भीम आचार्यका भाइ राम आचार्य मृत भेटिएका छन् ।  

भीम आचार्य प्रदेश १ को दोस्रो मुख्यमन्त्रीको पद तथा गोपनीयताको सपथ लिइरहेका बेला यता प्रहरीले उनका कान्छा भाइको घरमा मुचुल्का उठाइरहेको थियो । 

लामो समयदेखि मुख्यमन्त्रीको आकांक्षी रहँदै आएका भीम आचार्यको परिवारमा एकसाथ सुखद् र दुःखद घटना घट्न पुग्यो। दुवै घटना अप्रत्यासित रहेको छ । 

श्रीमतीसँगै बस्दै आएका आचार्य सुनसरी इनरुवा ३ स्थित आफ्नै घरमा आज बिहान उनी मृतावस्थामा भेटिएका हुन् । 

बिहान अबेरसम्म नउठेपछि कोठामा हेर्दा उनी मृत अवस्थामा भेटिए । करिब साढे ९ बजेतिर प्रहरी घटनास्थल पुगेर अनुसन्धान थालेको थियो । 

५९ वर्षिय राम आचार्य भिम आचार्यका कान्छा भाइ हुन् । उनी उच्च रक्तचाप र मधुमेहका साथै डिप्रेसनबाट समेत पिडित रहेको बताइएको छ ।

घटनास्थल नजिकै बिषादीको बट्टा भेटिनु र भित्रबाट कोठामा चुकुल लगाइएको भेटिनुले प्रहरीले प्रारम्भीक अनुसन्धानबाट आत्महत्या हुनसक्ने आँकलन गरेको छ । 

राम आचार्यका एक छोरा र एक छोरी छन्। प्रहरीले घटनास्थलको मुचुल्का उठाएर पोष्टमार्टमका लागि शव अस्पताल लैजाने तयारी थालेको छ ।