२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक भाइको मुख्यमन्त्रीमा सपथ, अर्का भाइ मृत फेला



अ+ अ-

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता भीम आचार्यका भाइ राम आचार्य मृत भेटिएका छन् ।  

भीम आचार्य प्रदेश १ को दोस्रो मुख्यमन्त्रीको पद तथा गोपनीयताको सपथ लिइरहेका बेला यता प्रहरीले उनका कान्छा भाइको घरमा मुचुल्का उठाइरहेको थियो । 

लामो समयदेखि मुख्यमन्त्रीको आकांक्षी रहँदै आएका भीम आचार्यको परिवारमा एकसाथ सुखद् र दुःखद घटना घट्न पुग्यो। दुवै घटना अप्रत्यासित रहेको छ । 

श्रीमतीसँगै बस्दै आएका आचार्य सुनसरी इनरुवा ३ स्थित आफ्नै घरमा आज बिहान उनी मृतावस्थामा भेटिएका हुन् । 

बिहान अबेरसम्म नउठेपछि कोठामा हेर्दा उनी मृत अवस्थामा भेटिए । करिब साढे ९ बजेतिर प्रहरी घटनास्थल पुगेर अनुसन्धान थालेको थियो । 

५९ वर्षिय राम आचार्य भिम आचार्यका कान्छा भाइ हुन् । उनी उच्च रक्तचाप र मधुमेहका साथै डिप्रेसनबाट समेत पिडित रहेको बताइएको छ ।

घटनास्थल नजिकै बिषादीको बट्टा भेटिनु र भित्रबाट कोठामा चुकुल लगाइएको भेटिनुले प्रहरीले प्रारम्भीक अनुसन्धानबाट आत्महत्या हुनसक्ने आँकलन गरेको छ । 

राम आचार्यका एक छोरा र एक छोरी छन्। प्रहरीले घटनास्थलको मुचुल्का उठाएर पोष्टमार्टमका लागि शव अस्पताल लैजाने तयारी थालेको छ ।