२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्सा बोकेरै बालेन अल्फाबिटा पुगेपछि… (भिडियो)



अ+ अ-

काठमाडौं । काठमाडौं महागरपालिकाका मेयर बालेन साह नक्सा र डोजर सहित वुद्धनगरको अल्फा बिटा कम्प्लेक्स पुग्नुभएको छ । अनधिकृत संरचनाहरु हटाउने क्रममा मेयर साह वुद्धनगरको अल्फा बिटा कम्प्लेक्समा पुग्नु भएको थियो ।

अनधिकृत संरचनाहरु हटाउने अभियानमा हिडेका साहले घरको नक्सा माग्दा उपस्थित अल्फाबिटाका प्रतिनिधिले उल्टै मेयरसँग नक्सा मागेका थिए । नक्सा मागेपछि मेयर बालेनले प्रश्न गरेका थिए, तपाईँको घरको नक्सा मसित हुनुपर्छ कि तपाइँसित ? त्यस्तै, अल्फाबिटाका प्रतिनिधिले पनि नगरपालिकामा के हुन्छ त ? भनेर मेयरलाई प्रतिप्रश्न गरे ।

तत्कालै बालेनले पत्रिकामा निकालेको ३५ दिने सूचना देखाए । अनि जंगिदै बोले ‘यहाँ यत्रो नोटिस दिएको छ, यो के हो ? ३५ दिनभित्र खाली गर भनेर नोटिस दिएको छैन ? तपाईँको घरको नक्सा मसँग हुन्छ कि तपाईसँग ?’

केही आक्रोशित देखिएका बालेन त्यहाँबाट सिधै महानगरपालिका कार्यलयको नक्सा फाँटमा पुगे र अल्फाबिटा भबनको नक्सा लिएर डोजरसहित अल्फाबिटा भवनमा पुगे । सोही स्थानमा पुगेका नक्सा पास बिना बनाएका संरचना भत्काएई दिए ।

अल्फाबिटाले भवनको अगाडिको भागमा सटर निकालेर फर्मेसी सञ्चालन गर्न दिएको छ तर पार्किङ भने सडक पेटीमा हुने गरेको छ ।

त्यसपछि बालेनले ट्वीट गरेका छन् उहाँले आफ्नै नक्सा मलाई माग्नुभयो, मैले अफिस गएर नक्सा र डोजर लिएर आएँ मैले के बिराएँ ?