२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङमा रणनीतिक सडक कालोपत्रको तयारीमा



file
अ+ अ-

गलकोट । निर्वाचन क्षेत्र रणनीतिक सडकअन्तर्गत बागलुङ बजारबाट सिगानासम्मको सडक कालोपत्रका लागि काम थालिएको छ ।

बागलुङ क्षेत्र नं १ अन्तर्गत बागलुङ नगरपालिकाको बागलुङ बजार अदालत चौपारी हुँदै सिगाना, चापाखर्क, गाजाको दह, बरेङ शान्तिपुर जोड्ने सडक कालोपत्रका लागि निर्माण व्यवसायी छनोट भएर काममा आएको छ ।

साढे दुई वर्षभित्र पूर्वाधार निर्माणसहित सडक कालोपत्र गर्न सडक डिभिजन कार्यालयले गरेको ठेक्का आह्वानमार्फत कर्ण विल्डर्सले निर्माणको जिम्मा पाएर काममा आएको छ । अहिले सडक चौडा पार्न र सडक मिलाउनका लागि निर्वाण व्यवसायीको तर्फबाट सर्भेको काम भइरहेको सर्वेयर भाष्कर बरामले बताउनुभयो । “दशैँपछि निर्माणको काम हुनेछ, अहिले लागत अनुमानअनुसार सडकको डिजाइनको विषयमा निर्माण व्यवसायीको तर्फबाट सर्भेको काम भइरहेको छ”, उहाँले भन्नुभयो, “दशैँ अघिसम्म सबै सर्भेको काम सकेर निर्माणमा जुट्ने योजना छ, सडक समयमै कालोपत्र सक्ने गरी ठेक्का सम्झौतालगत्तै निर्माण व्यवसायी काममा आएको हो ।”

बागलुङ बजार हुँदै सिगाना, बरेङ शान्तिपुर पुग्ने सडक ठेक्का सम्झौता भएको साढे दुई वर्षमा १० किलोमिटर सडक कालोपत्र भइसक्ने सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । उक्त सडक ३२ किलोमिटर लामो भए पनि अहिले सडकको सुरुबाट १० किमी सडक कालोपत्र गरिने छ । लामो समय बजेट अभावले कालोपत्रका लागि ठेक्कामा जान नसकेको सडक विभिन्न पहल र प्रयासका बाबजुद हाल आएर कालोपत्रको चरणमा प्रवेश गरेको हो ।

यो ठेक्काअन्तर्गत बागलुङ बजारबाट बोक्सेसम्म सडक कालोपत्र भइसकेका कारण बोक्सेबाट बौडैचौरको आलडाँडासम्म सडक कालोपत्र हुने भएको छ । निर्वाचन क्षेत्र एक रणनीतिक सडक सोही क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसदहरूको सिफारिसमा छनोट हुने गरेको छ । अहिले सडक कालोपत्र नहुँदा सिगाना हुँदै बरेङ शान्तिपुर जाने सडकमा यात्रुले सास्ती खेप्दै आएका छन् ।