२३ भाद्र २०८३, मंगलवार
,
Latest
आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनोज प्रभाकरको पहिलो प्रशिक्षणमा नेपाल र केन्या भिड्दै



अ+ अ-

काठमाडौं । पाँच टी-२० र तीन एकदिवसीय खेलका लागि केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (बिहीबार) घरेलु टोलीसँग पहिलो टी-२० अन्तर्राष्ट्रियमा खेल खेल्दै छ ।

केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल दिउँसो पौने ४ बजे बाट सुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपालले पहिलो खेलमा सोमपाल कामी, आदील अन्सारी लगायतका खेलाडि भने सामेल हुने छैनन् । भिषा समयमै नआउदा सोमपाल कामी, आदील अन्सारीलगायत खेलाडी हिजो बुधबार मात्रै केन्या प्रस्थान गरेका थिए । केही खेलाडी भने बिहीबार बिहान मात्रै पुग्नेछन् ।

मनोज प्रभाकरको प्रशिक्षणमा नेपालले आज पहिलो खेल खेल्दैछ । आजको खेललाई मनोज प्रभाकरको पनि अग्नि परीक्षाको रुपमा हेरिएको छ । उनले सबै खेल जित्न खेल्ने बताएका छन् । त्यस्तै कप्तान सन्दीपले समेत सबै खेल जित्न खेल्ने बताएका छन ।

दोस्रो टी-२० भदौ १० गते , तेस्रो भदौ १२ गते, चौंथो भदौ १३ गते र पाँचौ तथा अन्तिम टी-२० भदौ १४ गते हुनेछ ।