• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा ★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध ★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै

मनोज प्रभाकरको पहिलो प्रशिक्षणमा नेपाल र केन्या भिड्दै



काठमाडौं । पाँच टी-२० र तीन एकदिवसीय खेलका लागि केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (बिहीबार) घरेलु टोलीसँग पहिलो टी-२० अन्तर्राष्ट्रियमा खेल खेल्दै छ ।

केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल दिउँसो पौने ४ बजे बाट सुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपालले पहिलो खेलमा सोमपाल कामी, आदील अन्सारी लगायतका खेलाडि भने सामेल हुने छैनन् । भिषा समयमै नआउदा सोमपाल कामी, आदील अन्सारीलगायत खेलाडी हिजो बुधबार मात्रै केन्या प्रस्थान गरेका थिए । केही खेलाडी भने बिहीबार बिहान मात्रै पुग्नेछन् ।

मनोज प्रभाकरको प्रशिक्षणमा नेपालले आज पहिलो खेल खेल्दैछ । आजको खेललाई मनोज प्रभाकरको पनि अग्नि परीक्षाको रुपमा हेरिएको छ । उनले सबै खेल जित्न खेल्ने बताएका छन् । त्यस्तै कप्तान सन्दीपले समेत सबै खेल जित्न खेल्ने बताएका छन ।

दोस्रो टी-२० भदौ १० गते , तेस्रो भदौ १२ गते, चौंथो भदौ १३ गते र पाँचौ तथा अन्तिम टी-२० भदौ १४ गते हुनेछ ।