११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

नागरिकता बिधेयक: राष्ट्रपति निरन्तर परामर्समा, के संवैधानिक संकटको संकेत हो ?

नागरिकता बिधेयक: राष्ट्रपति निरन्तर परामर्समा, के संवैधानिक संकटको संकेत हो ?
अ अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्ला केही दिनयता शीतलनिवासमा बिभिन्न क्षेत्रका व्यक्तिहरुसंग छलफल गरिरहनु भएको छ । जुन यतिखेर उहाँले जुन प्रयोजनका लागि छलफल गरिरहनुभएको भए पनि सबैको चासो र केन्द्रमा भने नागरिकता बिधेयकमा नै रहेको छ ।

बुधबार पनि राष्ट्रपति भण्डारीले प्रधानसेनापति सहित पूर्वसैनिक अधिकारीहरूसंग छलफल गर्नुभयो । औपचारीक रुपमा ‘धन्यबाद’ दिन आयोजना गरेको कार्यक्रममा नागरिकता बिधेयक र राष्ट्रपतिले लिनुभएको दृष्टिकोणबारे बहालवाला र पूर्व सैनिक अधिकारीहरुले आ आफनो राय दिए । प्रधानसेनापति, पूर्वप्रधानसेनापतिहरूसहित करिब ७० जना सहभागी रात्रिभोजमा भण्डारीले बिगतदेखि नै यो कार्यक्रमको आयोजना गर्न खोज्नुभएको बताइएको थियो । धन्यबाद कार्यक्रम गर्न खोजेपनि अनुकुल समय नभएकाले सो कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

कार्यकालको उत्तरार्धमा कार्यक्रम आयोजना गरिएको बताउदै उहाँले नागरिकता बिधेयकबारे आफुले संवैधानिक सीमाभित्र रहेर संसदलाई सुझाब दिएको र राष्ट्रियसभाबाट आफुले उठाएका बिषयहरु सम्बोधन हुने आशा गरेको जानकारी गराउनु भयो ।

नेपाली सेनाको परमाधिपतिसमेत रहनुभएका राष्ट्रपति भण्डारीसँगको भेटमा पूर्वप्रधानसेनापतिहरू प्यारजंग थापा र पूर्णचन्द्र थापा, अवकाश प्राप्त जर्नेलहरू केशरबहादुर भण्डारी, बालानन्द शर्मा, पूर्ण सिलवाल, प्रेमसिंह बस्न्यात, रमीन्द्र क्षत्री र सुरेश कार्कीलगायतको उपस्थिति थियो । छलफल कार्यक्रममा अवकाश प्राप्त जर्नेलहरुले ‘संसदबाट आएको नागरिकता विधेयक फिर्ता गरेर देश–हित गर्नुभएको छ, फेरि त्यो विधेयक पारित भएर आयो भने पनि राष्ट्रपतिज्यू पछि नहट्नुहोला भन्ने सुझाब दिएको भेटमा सहभागी एक सदस्यले जानकारी दिनुभयो ।

यही बिषयलाई लिएर राष्ट्रपति र सरकार बिच द्धन्द्ध बढेमा त्यसको उपायका बारेमा र समस्या समाधानको बारेमा भने खासै कसैले कुनै दृष्टिकोण राखेनन् । उनीहरुले नागरिकताको बिषयमा राष्ट्रपतिको अडान जायज भएको भन्दै राजीनामा नदिन पनि सुझाब दिएका थिए । छलफलमा सहभागी एक सदस्यका अनुसार राष्ट्रपति भण्डारीले नागरिकता विधेयक संसद्बाट फेरि आयो भने त्यसलाई सम्बोधन गर्न कानुनी विकल्पहरू खोज्ने तर राजीनामा नदिने बताउनु भएको थियो ।

अंगीकृत नागरिकका सन्तानलाई नागरिकता दिने गरी बनेको नागरिकता संशोधन विधेयक संसद्का दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि सभामुखले साउन १५ गते शीतल निवास पठाउनु भएको थियो । राष्ट्रपति भण्डारीले सुझाबसहित १५ औं दिन पछि साउन २९ मा प्रतिनिधिसभामा फिर्ता पठाउनु भएको थियो । राष्ट्रपतिले फिर्ता पठाएको विधेयक प्रतिनिधिसभाले फेरि हुबहु पारित गरी राष्ट्रिय सभामा पठाइसकेको छ । राष्ट्रिय सभाको बैठक भदौ १२ गतेका लागि बोलाइएको छ । सबिधान अनुसार राष्ट्रिय सभाले दुई महिना सम्म राख्न सक्दछ भने परिमार्जन गर्न पनि सक्दछ ।

तर अब राष्ट्रिय सभाकै अवस्था के हुन्छ भन्न सकिने अवस्था छैन । किनभने प्रतिनिधिसभाको कार्यकालको अन्त्य अब नजिकिँदै छ । मंसिर ४ को चुनावको मनोनयनसँगै प्रतिनिधिसभाको अन्त्य हुदैछ हुनन राष्ट्रिय सभा स्थायी सदन हो । तर पनि एउटा सदनको अन्त्य भएपछि अर्को सदनको बैठक राख्नुपर्ने अवस्था पनि कमै हुनजान्छ । यी सबै संकेतहरु हेर्दा लाग्छ विवेकपूर्ण रुपमा अघि बढ्न सकेन भने सैवंधानिक संकट पनि टाढा छैन । त्यसैले बडो संयमित रुपमा अघि बढ्न नसक्ने हो भने मुलुकले संवैधानिक निकास नपाउन सक्छ । त्यसका लागि पनि अभिभावकका रुपमा राष्ट्रपतिको भूमिका महत्वपूर्ण हुन आउँछ ।