२१ मंसिर २०८२, आईतवार
,
Latest
एनपीएलः चार टोलीको नजर पहिलो ट्रफिमा, कसको पल्ला भारी ? पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक २.८६ अंकले वृद्धि



symbolic picture
अ+ अ-

काठमाडौँ । बुधवार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ ।

बुधबार नेप्से सूचक २.८६ विन्दुले बढेर २०५७.८४ बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ०.६ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०५ अंक बढेको छ ।

बुधवार कारोबारमा आएका २२३ कम्पनीको ३६ लाख ७९ हजार ७०५ कित्ता शेयर १ अर्ब ५२ करोड ६१ लाख ८६ हजार २१७ रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

बधवार कारोबारमा आएका १३ उपसमूहमध्ये ७ उपसमूहको सूचक सकारात्मक देखिएका छन् । जसमा ६ उपसमूहको सूचक भने नकारात्मक देखिएका छन् ।

बुधवार सामान्य अंकले नेप्से बढेसँगै मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, अपर हेवाखोला हाइड्रोपावरको ९.९९ प्रतिशत, रुरु जलविद्युतको ५.८६ प्रतिशत, अरुण कावेली हाइड्रोपावरको ५.२५ प्रतिशतले बढेको छ । यता गोर्खाज फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै २.३६ प्रतिशतले घटेको छ ।

आजन अरुण काबेली हाइड्रोपावरको सबैभन्दा धेरै १६ करोड ९२ लाख रुपैयाँका शेयर कारोबार भएको छ ।