१० मंसिर २०८१, सोमबार
,
Latest
परराष्ट्रमन्त्रीको चीन भ्रमण स्वीकृत, चिनियाँ विदेशमन्त्रीसँग छन्दुमा वार्ता गर्ने हिरासतबाट रविको चेतावनी- हामीले विश्वास गरेको निलो क्रान्तिको रंग बदल्नुपर्ने हुनसक्छ एमाले सांसद लीलाबल्लभ अधिकारी रिहा एनपीएलको टिकटदर सार्वजनिक धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ मन्त्रिपरिषद्को बैठक जारी प्राकृतिक प्रकोपमा ज्यान गुमाउने अधिकांश आदिवासी जनजाति पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचलाउने सरकारी वकिलको निर्णय शहीदहरुको सपना पूरा गर्न काँग्रेस सधैं लाग्छः देउवा चलचित्र ‘ऊनको स्वीटर’ वैशाख २६ गते रिलिज हुने, अफिसियल पोस्टर सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

हराउँदै तीज संस्कृति, फैलँदै विकृति



अ+ अ-

भाद्र शुक्ल तृतीयाको दिनमा शिवको पूजाआराधना गरेर हरितालिका देवीको व्रत गरेर महिलाले तीज मनाउने गर्छन् । तर अचेल दुई महिना अगाडिदेखि नै तीज पर्वको रमिता देख्न सकिन्छ ।

उ बेलामा तीज आउँदा गाँउघरतिर एउटा छुट्टै रौनक हुन्थो । आमा, दिदी बहिनीहरुमा एक खालको उत्साह हुन्थो । उनीहरुको उत्साहको सारथि बनेका हुन्थे बुबा तथा दाजुभाइहरु । दर खाने एक दिन अगाडि चेलीलाई लिन जाने चटारो हुन्थ्यो । हातमा ठेकीमा दही, पाकेको केरा र काँधमा पाकेको काँक्रो बोकेर चेलीबेटीको घरमा पुग्थे । अनुकूल समयमा चेलीलाई माइतीघर ल्याउने नमिले कोसेली छाडेर आउने संस्कारी चलन थियो । यो त अब इतिहास भयो ।

दर खाने अघिल्लो दिन बाटोमा घर फर्कंदै गरेकी चेली तथा चेलीलाई लिन घर जाँदै गरेका दाजुभाइ भेटिन्थे । दर खाने दिनबाट मात्र तीज लाग्थो । लामो समयदेखि भेटघाट नभएका दिदी बहिनीको दुःख सुखको अनुभव साटासाट हुन्थ्यो । कतिपय अवस्थामा त तीजलाई वेदनाको पोको फुकाउने पर्वका रुपमा पनि लिइन्थयो । यिनै वेदना र सफलताका कथा विभिन्न भाकामा गीतमा रुपान्तरण हुन्थे ।

तर अब यो अवस्था रहेन । तीज यसरी विकृत बन्दै भयो कि भोलिका पुस्ता हजुरआमाको पुस्ताले मनाएको तीजका बारेमा कसरी थाहा पाउलान् ? हिजोआज तीजमा गाइने मीठा, सामाजिक सन्देश बोकेका र गम्भीर लय तथा भाव भएका गीतहरू सुनिन छाडेका छन् त्यसको ठाउँ डिस्को र पार्टी प्यालेसहरुमा बज्ने कर्कस गीतहरुले लिएका छन् । जसका कारण अचेलका केही तीजका गीतहरू सांस्कृतिक, ऐतिहासिक, परम्पराको आँखाले हेर्नै नसक्ने खालका छन् । परिवारमा सबै सदस्य एकै ठाउँमा बसेर हेर्न र सुन्न नसक्ने खालको भएको छ ।

एक महिनादेखि मदिरा तथा ध्रुमपानसहितको भड्किलो पार्टी, गरगहनाको मैमत्त प्रर्दशन, अराजक र उत्ताउला गीतको प्रस्तुतीले वाही वाही पाएको अवस्था छ । पछिल्ला वर्षहरुमा तीजका नाममा उच्छृङ्खलता र तडक भडक आएको छ। एक महिनाअघिदेखि दर खाने, गरगहना एवं पोसाक प्रदर्शन गर्नेजस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको छ ।

आधुनिकता तथा प्रगतिशीलताका नाममा मौलिक संस्कृतिमाथि प्रहार हुन थालेको छ । साथै छाडापन पनि थपिने क्रम जारी रहेको छ । तीजमा परम्परागत रूपमा प्रस्तुत गरिने धार्मिक, सामाजिक, पारिवारिक नाचगान, भजनकीर्तन कम हुँदै गएका छन् । त्यसको ठाउँमा राजनीतिक, व्यंग्यात्मकदेखि अश्लील गीतनृत्य समेत प्रस्तुत हुने क्रम बढेको छ ।

अझ पछिल्लो समयमा त सरकारी कार्यालयमा समेत एक महिनाअघिदेखि नै तीज कार्यक्रमको तामझाम हुने गर्छ । सरकारी निकाय भनेको समाजमा भएका विकृतिलाई रोक्ने जिम्मेबार अंग हो । तर यस्तो जिम्मेबारी पाएको निकाय नै विकृतिको भासमा जाकिँदा यसले संस्थागत रुप लिँदै गएको छ।

कसैले होइन यो त अति भयो हाम्रो संस्कार र सभ्यता नछोडौँ भन्यो भने ऊ त्यो समूहको अबुझ, पाखे वा समयको वेगसँग चल्न नजान्ने मान्छेका रुपमा दर्ज हुन्छ ।

संस्कार र संस्कृति परिमार्जन हुनुपर्छ । अझ भनौँ व्यावहारिक हुनुपर्छ तर परिमार्जन र सहजताका नाममा अराजकता भने हुनु हुँदैन । हामी सामाजिक सञ्जालको युगमा आफ्ना लागि रमाउने पर्वभन्दा पनि अरुलाई देखाउनका लागि मनाइने पर्वले समाजमा एक खालको भड्खालो देखिएको छ ।

समाजमा देखासिकीको प्रभाव बढेको छ । जसका कारण तीजले सामाजिक र पारिवारिक विभाजन र विसंगति त ल्याउने होइन भन्ने प्रश्न खडा भएको छ । भनिन्छ आयो पर्व बाजा बजाई गयो पर्व ऋण बोकाई । के पर्व उत्सवमा रमाउने आफ्ना लागि कि अरुका लागि ? हुनेले त गरे तर उनीहरुको सिको गरेर नहुनेले गर्दा पर्व सकिएको भोलिपल्ट देखि घरपरिवारमा वैमनस्यता उत्पन्न हुन्छ । जसका कारण पारिवारिक दुर्घटनाहरु भएका उदाहरण पनि नभएका होइनन् ।

तीज हाम्रो धर्म र संस्कृतिसँग जोडिएको विषय हो । साथै महिला सशक्तीकरणको अभियान पनि हो । यस्तो पवित्र दिनलाई किन विकृत बनाउने ?