४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो

हराउँदै तीज संस्कृति, फैलँदै विकृति

हराउँदै तीज संस्कृति, फैलँदै विकृति
अ+ अ-

भाद्र शुक्ल तृतीयाको दिनमा शिवको पूजाआराधना गरेर हरितालिका देवीको व्रत गरेर महिलाले तीज मनाउने गर्छन् । तर अचेल दुई महिना अगाडिदेखि नै तीज पर्वको रमिता देख्न सकिन्छ ।

उ बेलामा तीज आउँदा गाँउघरतिर एउटा छुट्टै रौनक हुन्थो । आमा, दिदी बहिनीहरुमा एक खालको उत्साह हुन्थो । उनीहरुको उत्साहको सारथि बनेका हुन्थे बुबा तथा दाजुभाइहरु । दर खाने एक दिन अगाडि चेलीलाई लिन जाने चटारो हुन्थ्यो । हातमा ठेकीमा दही, पाकेको केरा र काँधमा पाकेको काँक्रो बोकेर चेलीबेटीको घरमा पुग्थे । अनुकूल समयमा चेलीलाई माइतीघर ल्याउने नमिले कोसेली छाडेर आउने संस्कारी चलन थियो । यो त अब इतिहास भयो ।

दर खाने अघिल्लो दिन बाटोमा घर फर्कंदै गरेकी चेली तथा चेलीलाई लिन घर जाँदै गरेका दाजुभाइ भेटिन्थे । दर खाने दिनबाट मात्र तीज लाग्थो । लामो समयदेखि भेटघाट नभएका दिदी बहिनीको दुःख सुखको अनुभव साटासाट हुन्थ्यो । कतिपय अवस्थामा त तीजलाई वेदनाको पोको फुकाउने पर्वका रुपमा पनि लिइन्थयो । यिनै वेदना र सफलताका कथा विभिन्न भाकामा गीतमा रुपान्तरण हुन्थे ।

तर अब यो अवस्था रहेन । तीज यसरी विकृत बन्दै भयो कि भोलिका पुस्ता हजुरआमाको पुस्ताले मनाएको तीजका बारेमा कसरी थाहा पाउलान् ? हिजोआज तीजमा गाइने मीठा, सामाजिक सन्देश बोकेका र गम्भीर लय तथा भाव भएका गीतहरू सुनिन छाडेका छन् त्यसको ठाउँ डिस्को र पार्टी प्यालेसहरुमा बज्ने कर्कस गीतहरुले लिएका छन् । जसका कारण अचेलका केही तीजका गीतहरू सांस्कृतिक, ऐतिहासिक, परम्पराको आँखाले हेर्नै नसक्ने खालका छन् । परिवारमा सबै सदस्य एकै ठाउँमा बसेर हेर्न र सुन्न नसक्ने खालको भएको छ ।

एक महिनादेखि मदिरा तथा ध्रुमपानसहितको भड्किलो पार्टी, गरगहनाको मैमत्त प्रर्दशन, अराजक र उत्ताउला गीतको प्रस्तुतीले वाही वाही पाएको अवस्था छ । पछिल्ला वर्षहरुमा तीजका नाममा उच्छृङ्खलता र तडक भडक आएको छ। एक महिनाअघिदेखि दर खाने, गरगहना एवं पोसाक प्रदर्शन गर्नेजस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको छ ।

आधुनिकता तथा प्रगतिशीलताका नाममा मौलिक संस्कृतिमाथि प्रहार हुन थालेको छ । साथै छाडापन पनि थपिने क्रम जारी रहेको छ । तीजमा परम्परागत रूपमा प्रस्तुत गरिने धार्मिक, सामाजिक, पारिवारिक नाचगान, भजनकीर्तन कम हुँदै गएका छन् । त्यसको ठाउँमा राजनीतिक, व्यंग्यात्मकदेखि अश्लील गीतनृत्य समेत प्रस्तुत हुने क्रम बढेको छ ।

अझ पछिल्लो समयमा त सरकारी कार्यालयमा समेत एक महिनाअघिदेखि नै तीज कार्यक्रमको तामझाम हुने गर्छ । सरकारी निकाय भनेको समाजमा भएका विकृतिलाई रोक्ने जिम्मेबार अंग हो । तर यस्तो जिम्मेबारी पाएको निकाय नै विकृतिको भासमा जाकिँदा यसले संस्थागत रुप लिँदै गएको छ।

कसैले होइन यो त अति भयो हाम्रो संस्कार र सभ्यता नछोडौँ भन्यो भने ऊ त्यो समूहको अबुझ, पाखे वा समयको वेगसँग चल्न नजान्ने मान्छेका रुपमा दर्ज हुन्छ ।

संस्कार र संस्कृति परिमार्जन हुनुपर्छ । अझ भनौँ व्यावहारिक हुनुपर्छ तर परिमार्जन र सहजताका नाममा अराजकता भने हुनु हुँदैन । हामी सामाजिक सञ्जालको युगमा आफ्ना लागि रमाउने पर्वभन्दा पनि अरुलाई देखाउनका लागि मनाइने पर्वले समाजमा एक खालको भड्खालो देखिएको छ ।

समाजमा देखासिकीको प्रभाव बढेको छ । जसका कारण तीजले सामाजिक र पारिवारिक विभाजन र विसंगति त ल्याउने होइन भन्ने प्रश्न खडा भएको छ । भनिन्छ आयो पर्व बाजा बजाई गयो पर्व ऋण बोकाई । के पर्व उत्सवमा रमाउने आफ्ना लागि कि अरुका लागि ? हुनेले त गरे तर उनीहरुको सिको गरेर नहुनेले गर्दा पर्व सकिएको भोलिपल्ट देखि घरपरिवारमा वैमनस्यता उत्पन्न हुन्छ । जसका कारण पारिवारिक दुर्घटनाहरु भएका उदाहरण पनि नभएका होइनन् ।

तीज हाम्रो धर्म र संस्कृतिसँग जोडिएको विषय हो । साथै महिला सशक्तीकरणको अभियान पनि हो । यस्तो पवित्र दिनलाई किन विकृत बनाउने ?