• १६ जेष्ठ २०८१, बुधबार
  •      Wed May 29 2024
  •   Unicode
Logo
Latest
★   हार्दिकको साथमा उभिँदै हरभजनले भने – उनले कठिन समय झेलिरहेका छन् ★   सार्कको गतिरोध राजनैतिक नै हो, राजनैतिक संवादबाट मात्र अन्त्य गर्न सकिन्छ: केके अग्रवाल ★   कृषि र व्यवसायमार्फत सबल बन्दै ग्रामीण अर्थतन्त्र ★   सयौँ वर्ष पुरानो ‘लिङ्गो जुधाउने’ अनौठो संस्कृतिको निरन्तरता ★   ट्राफिक कारबाहीमा परेकालाई प्रहरीले स्वयंसेवक बनाएर सडकमा खटायो ★   सुरक्षा टोलीसहित यार्सा सङ्कलनमा पुगे मनाङवासी ★   महालेखापरीक्षकको वार्षिक प्रतिवेदन: तीन वर्षमा चार हजार नेपाली श्रमिकको मृत्यु ★   सिड्स कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा नेपालको जोड ★   धनियाँ बिक्री गरेर वार्षिक आठ लाख आम्दानी ★   पाकिस्तानको गिलगिट–बाल्टिस्तानमा बस खाल्डोमा खस्दा २० जनाको मृत्यु, २१ घाइते

आयोगले तयार पारेको निर्वाचन आचारसंहितामा एमालेको फरक राय (पूर्णपाठसहित)



काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगले प्रस्तावित गरेको निर्वाचन आचारसंहिता २०७९मा १३ ओटा बुँदामा संशोधनका लागि राय दिएको छ ।

आयोगले आज निर्वाचनको तयारी र आचारसंहिताका बारेमा दलहरु संग छलफल गरेको थियो । एमालले निर्वाचन आचारसंहिता लागूू हुने अवधि निर्वाचन घोषणादेखि मतदान सम्पन्न नभएसम्म गर्नुपर्ने ,निर्वाचनको मौन अवधि ४८ घण्टा घटाई २४ घण्टा बनाउनुपर्ने राय दिएको छ ।

यसैगरी उम्मेदवारको मनोनयनपत्र पेस गर्न जाँदा वा प्रचार प्रसारको लागि पच्चीस जनाभन्दा बढीको जुलुस लान नपाइने लगायतको व्यवस्था हुने भएकाले सो व्यवस्था हटाउनुपर्ने सुझाब दिएको छ ।

एमालेले दिएको सुझाबको पूर्णपाठ

निर्वाचन आयोगले प्रस्तावित गरेको निर्वाचन आचारसंहिता २०७९ मा नेकपा(एमाले)ले बुँदागत रुपमा ३७ बुँदामा दफावार संशोधनका लागि निर्वाचन आयोगमा आज सुुझाव प्रस्तुत गरेको छ । उक्त सुुझावका मुलभूत विषयमा यसप्रकार रहेको छ ।

१. निर्वाचन आचारसंहिताले निर्वाचनको स्वच्छता, निष्पक्षता, पारदर्शिता, तटस्थ्ताजस्ता पक्षमा ध्यान दिई निर्वाचन आचारसंहितालाई लागू गर्न सकिने बनाउनुपर्ने,

२. निर्वाचन आचारसंहिता लागू हुने अवधि निर्वाचन घोषणादेखि मतदान सम्पन्न नभएसम्म गर्नुपर्ने ।

३. निर्वाचनको मौन अवधि ४८ घण्टा घटाई २४ घण्टा बनाउनुपर्ने ।

४. उम्मेदवारको मनोनयनपत्र पेस गर्न जाँदा वा प्रचार प्रसारको लागि पच्चीस जनाभन्दा बढीको जुलुस लान नपाइने लगायतको व्यवस्था हुने भएकाले सो व्यवस्था हटाउनुपर्ने,

५. गलत मनसायले नियतवश बालबालिकाको निर्वाचनमा प्रयोगलाई निषेध गर्नुपर्ने ।

६. निजी क्षेत्रमा कार्यरत पदाधिकारी तथा कर्मचारीलाई छुुट्टै आचारसंहिता लागू नगराई आम मतदातालाई लागू हुने आचारसंहिता लागू गर्नुपर्ने ।

७. जुलुस, आमसभा, कोणसभा, बैठक, भेलाको जानकारी स्थानीय प्रशासनलाई गराउनुपर्ने व्यवस्था गर्नुपर्ने, अनुुमति भन्ने हटाउनुपर्ने ।

८. आचारसंहितामा मुख्य प्रचारकको संख्या तोक्नु नहुने तर मुख्य प्रचारक को–को हुने भन्ने जानकारी निर्वाचन आयोगलाई हुनुपर्ने व्यवस्था गर्ने ।

९. सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले कुनै राजनीतिक दल वा उम्मेदवारको बढी र कुनै राजनीतिक दल वा उम्मेदवारको कम स्थान दिई कार्यक्रम, समाचार, विचार प्रवाह नगरी समानुपातिक र सन्तुलित गर्नुपर्ने ।

१०. जिल्ला आचारसंहिता अनुगमन समितिको संयोजकका मुख्य निर्वाचन अधिकृत राख्नुपर्ने ।

११. डिजिटल, अनलाइन, छापा, श्रव्यदृश्य सञ्चारमाध्यमको सुुक्ष्म अनुुगमन गर्न विशेष इकाई गठन गर्नुपर्ने ।

१२. अनुसूची–३ को दफा ८ को मत सदर बदर भए उपरको पुनरावेदकीय अधिकारबाट बञ्चित हुने प्रावधान हटाउनुपर्ने ।

१३. निर्वाचन आचारसंहिता पालना नगरेको विरुद्ध दिइने उजुरीको ढाँचालाई अनिवार्य नगर्ने ।