४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

गायक पोखरेल विश्वव्यापी सद्भावना दुतमा नियुक्त

गायक पोखरेल विश्वव्यापी सद्भावना दुतमा नियुक्त
अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गायक दिवेश पोखरेललाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दुत नियुक्त गरेको छ ।

आईतवार मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच मन्त्रालयले गायक पोखरेललाई नेपालको ग्लोवल गुडविल एम्बास्डरको रुपमा सम्मानित गरेको हो । पर्यटन मन्त्रालयमा भएको सम्मान कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले गायक पोखरेलले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पर्यटनको क्षेत्रलाई प्रचारप्रसार गर्नको लागि महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपालको संस्कृति, सम्पदाहरुलाई प्रचार गर्ने र पर्यटन क्षेत्रको विकास गर्ने कुरामा विश्वस्त रहेको बताउनु भयो । मन्त्री श्रेष्ठले आज मन्त्रीस्तरीय निर्णय गरेर गायक पोखरेललाई ग्लोवल गुडविल एम्बास्डरको रुपमा सम्मानित गरेको पनि बताउनु भयो । उहाँले गायक पोखरेलले कलामार्फत नेपाल र नेपालको पर्यटन क्षेत्रले ठूलो फड्को मार्ने विश्वास लिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पर्यटन क्षेत्रको कामलाई प्रवद्र्धन गर्नको लागि अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पर्यटनको क्षेत्रलाई प्रचारप्रसार गर्नको लागि महत्वपूर्ण योगदान पु¥याउनेहरुलाई सम्मान गरेर जिम्मेवारी दिने नीति लिएका छौँ । नेपालको संस्कृति, सम्पदाहरुलाई प्रचार गर्ने र पर्यटन क्षेत्रको विकास गर्ने कुराले हामीलाई झनै यो कामका लागि सही व्यक्ति हुनुहुन्छ भन्ने लाग्यो । हामीले आज मन्त्रीस्तरीय निर्णय गरेर तपाईलाई ग्लोवल गुडविल एम्बास्डरको रुपमा सम्मानित गरेका छौँ । हामीलाई विश्वास छ, तपाईंले तपाईंको कलामार्फत नेपाललाई चिनाउन सफल हुनुहुनेछ । तपाईको माध्यमबाट नेपालको पर्यटन क्षेत्रले ठूलो फड्को मार्ने विश्वास छ ।’

कार्यक्रममा गायक दिवेश पोखरेलले आगामी दिनमा नेपाली संस्कृति, प्रकृति, पर्यटनलाई अघि बढाउने कुरामा प्रतिवद्ध भएर लाग्ने बताउनु भयो । उहाँले अमेरिकन आइडलमा जाँदा नेपालीहरुको साथ सहयोग धेरै पाएको भन्दै प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, ‘अमेरिकन आईडलमा गएको बेलामा सहयोग गर्नुभएकोमा धन्यवाद । आगामी दिनमा नेपाली संस्कृति, प्रकृति, पर्यटनलाई अघि बढाउने कुरामा प्रतिवद्ध भएर लाग्नेछु ।’

एक महिनाको नेपाल बसाईमा गायक पोखरेलले नेपालको सांस्कृतिक, सांगीतिक, पर्यटन क्षेत्रको प्रवद्र्धनलाई जोड दिन संगीत युनिभर्सल ल्याङ्ग्वेज गर्नुहुनेछ । देशका प्रमुख ७ शहरमा ९ वटा कन्सर्ट हुनेछन् । कन्सर्टकै आधारमा सांगीतिक टूर डकुमेण्ट्री बनाउने उहाँको योजना छ । सन् २०२० को अमेरिकन आइडलमा भाग लिएसँगै एकाएक चर्चामा आउनुभएको थियो ।