२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रेमगीत ३’ को दोस्रो नेपाली र हिन्दी टिजर सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौं । नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन गइरहेको फिल्म ‘प्रेमगीत ३’ को दोस्रो टिजर सार्वजनिक गरिएको छ ।

असोज ७ गतेदेखि हलमा लाग्ने यो फिल्मको कृष्ण जन्माष्टमीको अवसर पारेर नेपाली र हिन्दी संस्करणमा दोस्रो टिजर सार्वजनिक गरेको हो ।

सन्तोष सेनको निर्माण तथा निर्देशन रहेको फिल्म पहिलोपटक नेपाली र हिन्दी संस्करणमा प्रदर्शन हुन लागेको हो ।

एक साताअघि फिल्मको पहिलो हिन्दी र नेपाली संस्करणको टिजर सार्वजनिक गरिएको थियो । दुबै टिजरलाई निकै मन पराइएको थियो ।

फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन् । फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको छ भने सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्रीलगायतको अभिनय रहेको छ ।

नेपाली टिजर –

 

हिन्दी टिजर –