२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेमगञ्जको प्रिमियर स्क्रिनिङ



अ+ अ-

काठमाडौं । प्रेम कथामा आधारित चलचित्र प्रेमगञ्जको प्रिमियर स्क्रिनिङ गरिएको छ । मंगलवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर चलचित्रको प्रिमियर स्क्रिनिङ गरिएको हो ।

भदौ ३ गते देशभर प्रदर्शनीमा आउन लागेको चलचित्रले विवाहपछि पनि कायम रहने प्रेम र संघर्षलाई चित्रण गरेको छ । वान सिनेमाज् मल्टिप्लेक्समा भएको प्रथम प्रदर्शनीमा कलाकार, निर्देशक, निर्माता, सञ्चारकर्मीदेखि फिल्मकर्मी सहभागी थिए ।
चलचित्रमा बेनिशा हमाल र तेज गिरी र सम्पदा बानियाँको मुख्य अभिनय रहेको छ ।

फिल्ममा नरेश ढकाल, रश्मी भट्ट, गीता अधिकारी, सञ्जोग रसाईली, पवन भट्राई र बाल कलाकार आयुषी ढकाल लगायतका कलाकारहरुको अभिनय रहेको छ । परिच्छेद सेनले निर्देशन गरेको यो चलचित्र पहिलो फिचर सिनेमा हो । कार्यक्रममा बोल्दै चलचित्रका अभिनेता तेज गिरीले आफूले परीक्षा दिएको अब दर्शकले नै चलचित्रको उत्तरपुस्तिका परीक्षण गर्ने बताउनु भयो ।

बेनिशासहित तेज गिरी र सम्पदा बानियाँको मुख्य भूमिका रहेको फिल्ममा राइडर प्रशान्त, सुप्रिया खनाल र सिम्रन खनालले डेब्यु गरेका छन् ।