काठमाडौं। नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले गोप्य सहमति नगर्दा पनि अहिलेको राजनीतिक अवस्था सृजना भएको बताउनु भएको छ ।
समाजवादीको संसदीय दलको आइतवार बानेश्वरमा बसेको बैठकलाई सम्बोधन गर्दे अध्यक्ष नेपालले साविक नेकपाका बेला प्रचण्डसँग भएको आलोपालो सरकार र पार्टीको नेतृत्व गर्ने सहमति पालना नहुदा समस्या सुरु भएको बताउनु भयो ।
उहाँले भन्नुभयो पार्टीको सहमति नमान्ने , बजेटमा पनि विभेद गर्ने नियुक्तिहरुमा एकलैटी गर्ने ओलीले अध्यक्ष भएदेखि हामीमाथि अन्याय गरिरहे कति सहनु अनि बिद्रोह गर्यौ । उहाँले एकीकृत समाजवादी नेपाली राजनीतिमा नयाँ सूर्यको रुपमा उदाएको दाबी गर्नुभयो ।
उहाँले पार्टीभित्र पक्षपात गर्ने ओलीले बैठकहरुमा बोल्नसमेत नदिएको गुनासो गर्दे पार्टीदेखि संसदसम्म आफ्नो व्यक्तिवादी चरित्र लाद्ने गरेको आरोप लगाउनु भयो ।