४ असार २०८३, बिहीबार
,
Latest
संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्रथामिकता ? राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने पीरतीले मलाई सांसद र मन्त्री बनायो: महावीर पुन ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज पक्की पुल बनेपछि बर्सातमा सडक बन्द हुने समस्या हट्यो ईभी प्रकरणको निष्पक्ष छानबिन नभए आन्दोलन गर्ने एमालेको चेतावनी वागमती प्रदेशमा यातायात क्षेत्रको सुधार र कर छुटको घोषणाः २० वर्षको वक्यौतामा दुई वर्षको मात्र… म्याद समाप्त भएका भोगाधिकारका जग्गा लिजमा रूपान्तरण गर्न सरकारको आह्वान खोटाङमा खेलकुदमा विनियोजित बजेट छानबिन गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोग र सभामुख विरुद्ध अदालत जाने तयारीमा एमाले



अ+ अ-

काठमाडौ । प्रमुख पतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) निर्वाचन आयोग र प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालत जाने भएको छ । पूर्वमहान्याधीवक्ता समेत रहनु भएका नेकपा एमालेका नेता अग्नी खरेलले न्यूजपोलार संग भन्नुभयो "पार्टीको केन्द्रीय कमिटी बैठकले कारबाही गरेको सांसदहरुको सनाखतलाई समेत मान्यता दिएर आयोगले नयाँ पार्टी दर्ताको प्रमाणपत्र दियो यो गलत छ यसको कानुनी उपचार खोज्न सर्बोच्च जान्छौ ।"

सोमबार कृष्णजन्मअष्टमी परेका कारण अदालत बिदा  हुदा मंगलबार वा बुधबार रिट दर्ता गरिने उहाँले जानकारी दिनुभयो । खरेलले भन्नुभयो " पार्टीले कारबाही गरेका र भदौ २ गते नाम मात्र बुझाएको हस्ताक्षर नभएको ७ जना लाई आयोगले कसरी सनाखत गर्यो आयोगको कसको दवाबमा पर्यो त्यो कुरा स्पष्ट हुनु पर्छ ।" उहाँले सभामुखले पदिय आचारण बिपरितको मा गरेको आरोप लगाउदै भन्नुभयो  "दलले कारबाही गरेको जानकारी गराएपछि सभामुखले त्यसलाई आधार बनाएर संसद चालु रहेको अबस्थमा संसदमा नभए सुचना जारी गर्नुपर्ने हो त्यो काम भएन त्यसका विरुद्ध पनि अदातलत जान्छौ । "

एमाले विभाजन गरेर छुट्टै दर्ता दर्ताको प्रक्रियामा लागेका माधवकुमार नेपालसहितका १४ जना सांसदलाई पदमुक्तको निर्णय गरेको थियो ।  एमालेले कारबाही गरेको १४ सांसदसहित ३० सांसदको सनाखतलाई मान्यता दिएर आयोगले नयाँदल दर्ता गरी मान्यता दिएको थियो । केही समय अगाडी एमाले अध्यक्ष केपी ओलीले पनि सभामुखले किर्ते काम गरेको आरोप लगाउदै संसद कसरी चलाउछन् हेरौला भन्दै चुनौति दिनुभएको थियो ।