४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

फुटपाथको समस्या: स्थानीय सहभागितामा अनौपचारिक व्यवसायीलाई सम्झाउँदै महानगर

फुटपाथको समस्या:  स्थानीय सहभागितामा अनौपचारिक व्यवसायीलाई सम्झाउँदै महानगर
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलले, पैदल मार्गलाई यात्रीमैत्री बनाउन सडक अतिक्रमण विरुद्ध सचेतना अभियान थालेको छ ।

अभियानमा सडक अतिक्रमण गरेर नऔपचारिक रुपमा व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई उहाँहरुकाकारण पैदल यात्रामा उत्पन्न हुने कठिनाई, यात्रुले सडकबाट हिँड्नु पर्ने बाध्यता र यसले निम्त्याउने सम्भावित दुर्घटना विषयमा सम्झाई बुझाई गरेर अनधिकृत व्यापार नगर्न आग्रह गर्ने गरिएको छ । यससँगै औपचारिक रुपमा व्यापार गर्नेहरुलाई सामान सडकमा ननिकाल्न, ठाउँ बढाउन थप संरचना नबनाउन, त्रिपाललगायत सामान छोप्ने बस्तु राखेर सुन्दरता नविगार्न अनुरोध गर्ने गरिएको छ ।

अहिले हामीले बानेश्वर र बालाजु माछापोखरी क्षेत्रमा यसप्रकारको अभियान थालेका छौँ । महानगर प्रहरी बलका प्रमुख, नगर प्रहरी नायव उपरीक्षक धनपति सापकोटा भन्नुहुन्छ, ‘अव्यवस्थित व्यापारले सहरी सुन्दरता विगार्छ, यसप्रकारको व्यवसाय सरकारसँग जिम्मेवार देखिँदैन । त्यसैले अनौपचारिक व्यापारलाई औचपरिक बनाउनोस् । महानगरलाई सहयोग गर्नोस् भन्ने सन्देश दिने उद्देश्यले अभियान थालिएको हो ।’ अभियानमा नगर प्रहरीसँगै दैनिक ३० जनादेखि ५० जनासम्म स्वयमसेवक परिचालन गर्ने गरिएको छ ।

अभियानले बानेश्वर क्षेत्रमा पारेको प्रभावका बारेमा जानकारी दिँदै नगर प्रहरी निरीक्षक किशोरकुमार भट्टराई भन्नुहुन्छ, ‘फुटपाथमा गरिने ब्यापार सामाजिक समस्या भएकोले समाधानका लागि थालिएको सामुहिक प्रयासबाट अनधिकृत व्यापारमा कमी आएको छ । हामी पार्किङ् प्रयोजनका लागि निर्माण गरिएका तर अन्य प्रयोगमा ल्याइएका ठाउँ पहिचान गर्दैछौँ । यसबाट पार्किङ् समस्या समाधान हुनेछ ।’ नयाँ बानेश्वर चोकदेखि शंखमुल, पुरानो बानेश्वर, मीन भवनसम्मको क्षेत्रलाई अनौपचारिक व्यापार निषेधित क्षेत्र बनाइएको नगर प्रहरी निरीक्षक भट्टराईको भनाइ छ ।

यस अभियानमा नेपाल प्रहरी ट्राफिक प्रहरी, सामुदायिक प्रहरी, घर धनी, स्थानीय ब्यापार ब्यवसायी संघ, स्कुले बिद्यार्थी, स्थानीय संघ संस्था, क्लब, आमा समूह, महिला समूह, महिला स्वास्थ्य स्वयमसेबिका, सामाजिक अभियन्ताजस्ता सरोकारवालालाई सहभागी गराइएको छ ।

‘भित्री सहरी क्षेत्रका असन, इन्द्रचोक, महावौद्धलगायतका क्षेत्रका सडकमा भएको अवरोध हटाउन हामीले जनप्रतिनिधिको साथमा अभियान चलाइरहेका छौँ ।’ नगर प्रहरी नायव निरीक्षक लोकनाथ चुडाल भन्नुहुन्छ, ‘सडक अवरोध हटाउन स्थानीय टोल सुधार समिति, उपभोक्ता समितिहरुबाट अनुरोध पनि आउने गरेको छ । यसरी आउने मागलाई उहाँहरुसँगै समन्वय गरेर, व्यापारीहरुलाई सम्झाउने, माइकिङ् गरेर अनौपरिक व्यापारलाई निरुत्साहन गर्ने, औपचारिक व्यापारीले गरेका त्रुटीहरुलाई सच्याउन अनुरोध गर्ने गरिरहेका छौँ ।’

उहाँकाअनुसार तरकारी विक्री गर्ने ठाउँका रुपमा प्रयोग हुँदै आएका ठाउँहरुलाई विहान ८ बजेसम्म मात्र राख्न दिने गरिएको छ । अभियानमा बल प्रयोग गरिँदैन ।

समुदायको सहभागितामा सचेतना कार्यक्रमसँगै सडकपेटी अतिक्रमण नियन्त्रण, सहरी सुब्यबस्था सम्बन्धी काम, सरसफाई, ट्राफिक नियन्त्रणजस्ता कामलाई सँगसँगै गरिन्छ ।

यस्तै दृष्य प्रदुषण नियन्त्रण, पार्किङ्ग स्थलको ब्यबस्थापन, साईकल तथा गाडा नियन्त्रण, पसल कवल बाहिर र सेडब्याकमा रहेको पसलको व्यवस्थापन, सडकपेटी मर्मत, बार र ट्रिगार्डको व्यवस्थापन, रुखको ट्रिमिङ्ग, अव्यवस्थित तार व्यवस्थापनका काम हुने गरेका छन् ।