४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती

घामले रोकेन भक्तजनलाई, देशभरका शिवालयहरुमा उस्तै भीड(फोटोसहित)

घामले रोकेन भक्तजनलाई, देशभरका शिवालयहरुमा उस्तै भीड(फोटोसहित)
अ+ अ-

काठमाडौँ । साउनको टन्टालपुर घामले पशुपतिनाथ मन्दिरको दर्शनका लागि आएका भक्तजनलाई रोकेन । साउनको पाँचौँ एवं अन्तिम सोमबार आज बिहान सवा ३ बजेदेखि नै पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको छ । विगतका चार वटा सोमबारभन्दा आज धेरै भक्तजन पशुपतिनाथको दर्शनका लागि टन्टलापुर घाममा घण्टौँ लामबद्ध भएको कोषले जनाएको छ ।

साउनका तीन सोमबार बिहानैदेखि वर्षा हुने गरेको थियो । चौँथो र आज पाँचौँ एवं अन्तिम सोमबार भने बिहानैदेखि काठमाडौँ उपत्यकामा घाम लागिरहेको छ । भक्तजनलाई तीन वटा सोमबार साउने झरिले पनि लाम लाग्न रोकेको थिएन । यसैगरी चौँथो र पाँचौँ सोमबारको टन्टलापुर घामले पनि भक्तजन डगमगाएनन् । छाता ओढेर भए पनि भगवान्लाई शुद्ध जलसहित पूजा, आराधना एवं दर्शन गर्ने धोकोले भक्तजन लाममा बसेका छन् ।

साउनको सोमबार पशुपति क्षेत्रमा दर्शन एवं पूजा, आराधनाका लागि लाम लाग्ने भक्तजनमा दुई तिहाई भन्दा धेरै महिला छन् । अधिकांश महिला पारिवारिक सुख, शान्तिको कामनाले ब्रत बस्ने गर्छन् । यसैकारण पशुपति क्षेत्रमा जम्मा हुने अधिकांश भक्तजन महिला भएको कोषको संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिनुभयो ।

साउनको सोमबार विशेषगरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्छन् । साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा विवाहित महिलाको मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

डोलेश्वर मन्दिरमा भक्तजनको भीड-तस्बिर: रमेश गिरी/ रासस

यसैगरी अविवाहित महिलाले सुयोग्य बर प्राप्त गर्ने विश्वास रहिआएको छ । यसै विश्वासका आधारमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा विशेषगरी महिला भक्तजनको भीड लागेको छ । विगतका सोमबार घर नजिकैका अन्य शिवालयमा पूजा, आराधना एवं दर्शन गरेका भक्तजन पनि आज अन्तिम सोमबार पशुपतिनाथ मन्दिरमै दर्शन एवं पूजा आराधना गर्ने उद्देश्यले आएका छन् । कम्तीमा एउटा सोमबार भने पशुपतिनाथको दर्शन गर्ने चाहनाले पशुपति क्षेत्रमा धेरै भक्तजनको भीड लागेको हो ।

जलेश्वरधाममा भक्तजनको भीड-तस्बिरः सन्तोष शर्मा/रासस

राजधानी एवं देशभरका अन्य शिवालयमा पनि रातो एवं हरियो पहिरनमा सजिएका महिला भक्तजनले भरिभराउ देखिन्छ । राजधानी भित्री सहर एवं वरिपरिका नगरपालिकाका साना, ठूला शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । ती शिवालयमा विवाहित महिलाले श्रीमान्को दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै पूजा, आराधना गरिरहेका छन् ।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम भने सुख, शान्ति एवं समृद्धिका लागि साउन महिना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय मान्यता रहेको बताउनुहुन्छ ।

देवघाटमा भक्तजन – तस्बिर: कृष्ण न्यौपाने/रासस

घर घरमा प्राय महिलाले परिवारका सबै सदस्यको सुख, शान्ति एवं पारिवारिक समृद्धिका लागि व्रत बसी पूजा आजा गर्छन् । यसवर्ष साउनमा पाँच वटा सोमबार परेको छ । साउन २, ९, १६, २३ र ३० गते सोमबार परेको हो । पहिलो पटक साउने सोमबारको व्रत गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट सुरु गर्नुपर्छ भन्ने मान्यतासमेत छ । विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेले अन्तिम सोमबार आज गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गर्छन् ।

अर्जुनधारा धाममा भक्तजन-तस्बिरः सन्तोष शर्मा

यसअवसरमा आज राजधानीको उत्तर पूर्वी भेगस्थित बालयन्त्रको पूजा आराधना हुने गोकर्णेश्वर महादेव मन्दिर, पेप्सीकोलास्थित नागेश्वर महादेव मन्दिर, वसन्तपुरस्थित सानो पशुपतिनाथका नामले चिनिने मक्खन महादेव मन्दिर, डोलेश्वर महादेव मन्दिर, सन्तानेश्वर महादेव मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।

स्याङ्जाको छाङ्छाङ्दीमा अवस्थित महादेवको मूर्तिमा पूजा आराधना गर्दै भक्तजन-तस्बिर : तोलाकान्त बगाले/रासस

यस अवसरमा वाग्मतीको मुहान क्षेत्र सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनानथ मन्दिरमा चढाउने भक्तजनको पनि भीड लागेको छ । बोल बम यात्राको नामले चिनिने यो यात्रीलाई जल चढाउन पशुपतिनाथका चार ढोकामध्ये एउटा ढोकाको व्यवस्था गरिएको कोषले जनाएको छ । रासस