४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

उपराष्ट्रपति पुनद्वारा तान्त्रिक भैरव नाच अवलोकन

उपराष्ट्रपति पुनद्वारा तान्त्रिक भैरव नाच अवलोकन
अ+ अ-

भक्तपुर । उपराष्ट्रपति नन्दबहादुर पुनले ऐतिहासिक एवं धार्मिक महत्वको लायकू भैलः नाचको अवलोकन गर्नुभएको छ । आज बिहान सम्पन्न भएको पहिलो दिनको नाच रातभर वर्षाको पर्वाहसमेत नगरी सञ्चालन भएको थियो ।

लायकू भैलः नाचको अवलोकन गर्न शनिबार राति मध्यपुरथिमिको बालकुमारी मन्दिरको डबलीमा पुग्नुभएका उहाँलाई मध्यपुरथिमि नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठलगायतले स्वागत गर्नुभएको थियो । सो अवसरमा उपराष्ट्रपति पुनले बालकुमारी मन्दिरको डबलीमा ऐतिहासिक भैरव नाचको अवलोकन गरी लायकू भैलः नाचको सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक महत्वका बारेमा जानकारी लिनुभएको थियो ।

तान्त्रिक विधि र शक्तिअनुसार सञ्चालन गरिने मल्लकालीन लायकू भैलः नाच लायकू, दथुटोल, मरूटोल, बालकुमारी परिक्रमा गरी पुनः लायकू, दुईपोखरी, दिगु भैरवसम्म परिक्रमा गरी पुनः लायकू दरबारमा पु-याइन्छ । उपराष्ट्रपति पुनलाई भैरव नाचका गुरु अर्जुन श्रेष्ठले टीका तथा प्रसाद र निरञ्जन श्रेष्ठले फूलमालाका साथ प्रसाद प्रदान गर्नुभएको थियो । सोही अवसरमा उहाँलाई नगर प्रमुख श्रेष्ठले भैरव नाचको तस्वीर र नाच गुरु अर्जुन श्रेष्ठले भैरवको मुखुण्डो प्रदान गर्नुभयो ।

भैरव दुई, दायगी दुई, ज्यापुगचा एक गरी पाँच देवगण हुने नाच गाईजात्राको भोलिपल्ट भाद्र कृष्ण द्वितीया ९गुंलागा द्वितीया०देखि चार रात यही साउन ३१ गते पञ्चमीसम्म मनाइने नाच सञ्चालन एवं व्यवस्थापन समितिका संयोजक एवं गुरु अर्जुनले जानकारी दिनुभयो । पैतालीस वर्षसम्म बन्द भएर लोपोन्मुख अवस्थामा पुगेपछि स्थानीयको पहल र नगरपालिका तथा दाताहरूको सहयोगमा यहाँका युवाको सक्रियतामा पुनः सञ्चालनमा आएको तान्त्रिक एवं ऐतिहासिक भैरव नाच गत दुई वर्ष कोरोना भाइरस सङ्क्रमण महामारीका कारण सञ्चालन गर्न नसके पनि यस वर्ष भने पुनः सञ्चालन गरिएको हो ।

भैलः दुई, दाःगिं दुई र ज्यापूंगःचा एक गरी पाँच देवगण सहभागी हुने नाचमा यस वर्ष ज्यापुंगःचा रिसल श्रेष्ठ, न्हापा भैलः उज्जवल श्रेष्ठ, लिपा भैलः रोमन श्रेष्ठ, न्हापा दायगं सुजल श्रेष्ठ र लिपा दायगं श्रयन श्रेष्ठले नाच नाच्नुभएको छ । भैरवले खड्ग, कुमारीले डमरु र ज्यापुंगःचाले कपासको बियाँ, अक्षता र चामल भुटेर तयार गरिएको ताय् भएको भाँडो, हातमा लिएर बाजाको विभिन्न तालमा हाउभाउ प्रस्तुत गर्दै नाच्ने गरिन्छ ।

नाचका क्रममा भैलः र दागिंले क्रोधित मुद्रा प्रस्तुत गरेपछि ज्यापुंगःचाले हानेर शान्त बनाइन्छ भने नाचको लागि बाजा बजाउने टोलीमा १२ जनाले दागः, आठ जनाले भुस्याः, आठै जनाले पोङ्गा र चार जनाले म्वायेली बजाउने गरिन्छ । नाचको क्रममा भैरव र कुमारीले बेला–बेलामा क्रोधित भएर नाच्ने र ज्यापुंगले शान्त बनाउने गर्दछन् भने नाचका लागि १२ जनाले दागः, आठ जनाले भुस्याः, आठ जनाले पोङ्गा र चार जनाले मुहाली बजाई सुर ताल दिने संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

धांः बाजाको विभिन्न ३० देखि ३२ तालमा नचाउने यस नाच विभिन्न टोल तथा देवालयहरूमा दुईदेखि तीन तालसम्म मात्र नचाइने चलन छ भने नृत्यनाथ (नसःद्य)को प्राङ्गणमा भने नचाउन अनिवार्य छ । मन्त्रोचारण गरी नाच निकालिसकेपछि नाच समापन नभएसम्म देवता बनेर नाच्ने व्यक्तिले कसैको जुठो खान नहुने, शुद्ध भएर बस्नुपर्ने प्रावधान रहेको छ ।

शास्त्रीय एवं तान्त्रिक विधिको प्रयोग गरी देवगणहरूको शरीरमा शक्ति प्रवेश गराई नाच नचाउने परम्परा रहेको गुरु श्रेष्ठको भनाइ छ । उनीहरूलाई तीन सातादेखि प्रत्येक दिन साँझ नाच प्रदर्शनका लागि तान्त्रिक विधिको प्रयोग गरी प्रशिक्षण दिइएको थियो । नाच सञ्चालनका लागि कोष खडा गरी आवश्यक रकम नगरपालिकादेखि विभिन्न दाता, सङ्घसंस्था र स्थानीय बासिन्दाले सहयोग गरेका छन् ।

प्राचीनकालमा मध्यपुरथिमि क्षेत्रका बासिन्दालाई भूतप्रेत, पिसाचले दुःख हाहाकार मच्चाएका थिए । त्यसबाट मुक्ति पाउनका लागि लायकूका सञ्चालक सक्रिय भएर शास्त्रका विज्ञ, तान्त्रिक र विद्धानसँग छलफल गरी स्थानीय मानिसहरूमा तान्त्रिक विद्यामार्फत मानिसको शरीरमा भैरव, कुमारीको शक्ति प्रवेश गराई क्रोधित मुद्रामा टोल–टोलमा नचाएपछि भूतप्रेत टिक्न नसकेकाले त्यसपछि यो नाच चल्दै आएको किंवदन्ती रहेको यहाँका अन्य बासिन्दाले जनाएका छन् । रासस