२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

ककनीबाट संकलित नमूना पानी र दिशामा हैजाका जीवाणु देखिएन



अ+ अ-

काठमाडौँ । ककनी गाउँपालिका वडा १ बाट संकलन गरिएको पानी र दिशाको नमूनामा हैजाका जीवाणु नभेटिएको रिपोर्ट आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भदौ १३ गते दिएको रिपार्टमा यस्तो देखिएको हो । 

भदौ ६ गते यस वडामा ७० बर्षिया एक वृद्धाको मृत्यु भएको थियो । यो मृत्यु हैजाका कारण भएको र हैजा फोहोरबाट आएको जनाउँदै स्थानीयले भदौ १० गतेबाट ल्याण्डफिल साइटमा फोहोर लैजान अवरोध गर्दै आएका छन् । वडाध्यक्ष चन्द्रबहादुर बलामीले स्थानीय मागलाई पुष्टि गर्दै भन्नुभयो, ‘मृतकका परिवारले क्षतिपूर्ति पाउनु पर्ने माग हो ।’

वडामा हैजाको कुरा चलेपछि त्यस क्षेत्रबाट भदौ १० गते ५ जना व्यक्तिको दिशा र ४ परिवारले पिउने पानीको नमूना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । यसरी संकलन गरिएको दिशाको नमूनामा ३, २७, ३८ र ५८ बर्षिया ४ जना महिला र ६९ बर्षिय १ पुरुषको थियो । 

भदौ १३ गते प्राप्त भएको रिपोर्टअनुसार पानी र दिशा दुवै नमूनामा हैजा (कोलेरा) नेगेटिभ देखिएको ल्याण्डफिल साइटका इञ्चार्ज इञ्जिनियर सरकारदीप श्रेष्ठले जानकारी दिनुभयो ।