एजेन्सी । साउथ अभिनेत्री रश्मिका मन्दनाले ‘मिशन मजनू’बाट बलिउडमा डेब्यु गर्दैछिन् ।
फिल्ममा उनको अपोजिटमा सिद्धार्थ मल्होत्रा रहेका छन् । निर्माता अमर बुटालाले रश्मिकाको खुलेर प्रशंसा गरेका थिए ।
उनले रश्मिकाले यस फिल्मलाई एक अविश्वसनीय यात्रा बनाएको उल्लेख गरेका छन् । रश्मिकाले फिल्मको सुटिङ पूरा गरेकी छन् ।
रश्मिका यस जासुसी थ्रिलर फिल्ममा एक महत्वपूर्ण भूमिका निभाएकी छन् । फिल्मका अभिनेता सिद्धार्थले पनि रश्मिकाको अभिनयको प्रशंसा गरेका थिए ।
फिल्मलाई सान्तनु बाग्चीले निर्देशन गरेका छन् ।