एजेन्सी । अफगनिस्तानको राजधानी काबुलमा मारिएका अमेरिकी सैनिकहरुको शव अमेरिका पुर्याइएको छ ।
अन्तर्राष्ट्यिय सञ्चार माध्यम बीबीसीले काबुल एयरपोर्टमा भएको हमलामा मारिएका १३ अमेरिकी सैनिकहरुको शव अमेरिकी झण्डाले ढाकिएको कफिनमा अमेरिका पुर्याइएको जानकारी दिएको छ ।
डेलावेयरको डोभर एयर फोर्स बेसमा अमेरिकी राष्ट्रपति जो बाइडेन सहभागी भई उनले मृतक सैनिकहरुलाई श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
बिहीबार साँझ अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलअगाडि भएको विस्फोटमा १३ अमेरिकी सैनिकको मृत्यु भएपछि बाइडेनले बदला लिने चेतावनी दिएका थिए ।