२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

काबुलमा मारिएका अमेरिकी सैनिकहरुको शव अमेरिकामा, बाइडेनद्वारा श्रद्धाञ्जली



अ+ अ-

एजेन्सी । अफगनिस्तानको राजधानी काबुलमा मारिएका अमेरिकी सैनिकहरुको शव अमेरिका पुर्‍याइएको छ । 

अन्तर्राष्ट्यिय सञ्चार माध्यम बीबीसीले काबुल एयरपोर्टमा भएको हमलामा मारिएका १३ अमेरिकी सैनिकहरुको शव अमेरिकी झण्डाले ढाकिएको कफिनमा अमेरिका पुर्‍याइएको जानकारी दिएको छ ।

डेलावेयरको डोभर एयर फोर्स बेसमा अमेरिकी राष्ट्रपति जो बाइडेन सहभागी भई उनले मृतक सैनिकहरुलाई श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

बिहीबार साँझ अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलअगाडि भएको विस्फोटमा १३ अमेरिकी सैनिकको मृत्यु भएपछि बाइडेनले बदला लिने चेतावनी दिएका थिए ।