२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाईसीएल नेतृत्वमा सहमति हुन सकेन, प्रचण्डबाटै टुंग्याइयो पदाधिकारी



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को भातृसंगठन वाईसीएलको सहमतिमै नेतृत्व चयन गर्ने प्रयास असफल भएको छ ।

शनिबारदेखि जारी दुई दिने सम्मेलनमा हिजै सकिनु पर्नेमा नेतृत्वमा दावेदार रहेकाहरू सहमतिमा नआउँदा सम्मेलन लम्बिन पुगेको छ ।

सहमति टुंग्याउन भन्दै आइतबारको सम्मेलन स्थगित गरिएको थियो । तर, सहमतिको प्रयास असफल भएपछि पदाधिकारीको टुंगो पार्टी अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ ले लगाएका छन् । यद्यपि, कसलाई अघि सारेको भन्नेबारे खुलाइएको छैन । 

सबै जिल्लाबाट केन्द्रीय सदस्यको प्रतिनिधित्व हुने गरी प्रदेशहरूले सूची पठाएपछि आजै पदाधिकारीसहितको कमिटी घोषणा गरेर राष्ट्रिय सम्मेलन टुंगिने बताइएको छ । 

हालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले नेतृत्व छाड्ने भएपछि अध्यक्षका लागि तीनजना दाबेदार छन् । वाईसीएल अध्यक्षका लागि सुबोध सेर्पाली, सुमन देवकोटा र यशोदा न्यौपानको दाबी रहेको छ ।